नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुग्यो - Pahilo Online

नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुग्यो

writer

 काठमाडौं ।नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच सय नाघेको छ ।अहिलेसम्म पाँच सय सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो विवरण अनुसार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार डडेलधुरा र बैतडीमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ ।मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार बाँकेका १४ जना, कैलालीका तीन जना तथा मोरङ, डढेलधुरा र बैतडीका एक एक जना गरी थप २० जनामा कोरोना पुष्टि भएको हो । यसअघि आज बिहान मात्रै ३० जनामा कोरोना पुष्टि भएकोमा दिउँसो फेरि २० जना थपिएको उनले जानकारी दिए ।
यस्तै आज बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जना निको भएपछि घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७० जना पुगेको छ । अहिलेसम्म नेपालको ४० जिल्लामा कोरोना संक्रमणका बिरामी भेटिएका छन् ।
नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट तीन जनाको ज्यान गएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes