पथरी बजारको होलसेल पसलमा अनुगमन, म्याद गुज्रिएको खाद्य बस्तु भेटियो - Pahilo Online

पथरी बजारको होलसेल पसलमा अनुगमन, म्याद गुज्रिएको खाद्य बस्तु भेटियो

writer

विराटनगर । मोरङको पथरीबजारमा रहेको होलसेल पसलमा विक्री गर्न राखिएको अवस्थामा ठूलो परिणाममा म्याद गुज्रिएको खाद्यबस्तु फेला परेको छ । विराटनगरबाट आएको अनुगमन टोलीले बुधबार गरिएको अनुगमनको क्रममा पथरी बजारमै सबैभन्दा ठूलो होलसेल पसल रहेको ‘श्री कृष्ण टे«र्डस’ मा म्याद गुज्रिएको खाद्य बस्तु फेला परेको हो ।

जिल्लामा अहिलेसम्म गरिएको अनुगमनको क्रममा सबैभन्दा बढी म्याद गुज्रिएको खाद्य बस्तु श्री कृष्ण टे«डेसमा फेला परेको घरेलु तथा साना उद्योग कार्यालय विराटनगरका प्रमुख उद्योग अधिकृत गोकुल केसीले जानकारी दिए । उक्त टे«डसमा पिय पद्धार्थ, चामल, तेल, जुस, मसला, चकलेट, भूजिया, विस्कुटलगायतको खाद्य बस्तु म्याज सकिएको अवस्थामा फेला परेको केसीले बताए । यस्तै अनुगमनको क्रममा आशिष किराना पसलमा पेय पदार्थ दैनिक उपभोग्य वस्तु म्याद सकिएको फेला परेको थियो । म्याद सकिएको खाद्यबस्तु अनुगमन टोलीले पूर्ण रुपमा नष्ट गरेको छ ।

घरेलु तथा साना उद्योग कार्यलय विराटनगरको नेतृत्वमा आएको संयुक्त बजार अनुगमन टोलीले पथरीको इश्वर फार्मेशी र जय भवानी चामल उद्योगमा पनि अनुगमन गरेको थियो । अनुगमनको क्रममा फार्मेशीमा औषधी विक्री वितरणमा सामाजिक दुरी कायम नगरिएको पाइएको थियो । मापदण्ड कायम गरि औषधी विक्री वितरण गर्न अनुगमन टोलीले फार्मे्शिलाई निर्देशन दिएको छ । यस्तै जय भवानी चामल उद्योगमा पनि अनुगमन गरेको छ । अनुगमनको क्रममा आवश्यक मात्रमा उक्त उद्योगमा खाद्यन्यको भण्डार गरिएको पाइएको थियो ।

महामारीको रूपमा फैलिएको कोरोना भाइरसले गर्दा बजारमा उपभोग्य बस्तुको कृतिम अभाव, मुल्य वृद्धि गरिएको, म्याद सकिएको खाद्य बस्तु विक्री बितरण हुने गरेको जनगुनासो आएपछि जिल्लामा अहिले बजार अनुगमनलाई तिव्रता दिएको छ । म्याद गुज्रिएको खाद्य बस्तु विक्री वितरण गर्ने कृष्ण टे«डर्सलाई आवश्यक कारवाहीको लागि ७ दिन भित्रमा कार्यालयमा उपस्थिी हुन दिर्नेशन दिएको घरेलु तथा साना उद्योग कार्यालय विराटनगरका प्रमुख उद्योग अधिकृत केसीले बताए । (स्रोत–ब्लाष्टखवर)

मा प्रकाशित

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes