मेडिकल एशोशियसनद्वारा ६१ हजार बराबरको राहत सहयोग - Pahilo Online

मेडिकल एशोशियसनद्वारा ६१ हजार बराबरको राहत सहयोग

writer

पथरीशनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाको राहत कोषमा सहयोग संकलन हुने क्रम निरन्तर चलिरहने क्रममा पथरी शनिश्चरे मेडिकल एशोशियसन्ले कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोषमा ६१ हजार रुपैयाँ राहत हस्तान्तरण गरेको छ ।

बिहिबार संघका अध्यक्ष महेन्द्र दुलाल सहितका पदाधिकारीहरुले नगरपालिकामा पुगेर नगर प्रमुख एवम् कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिका संयोजक दिलीपकुमार राईलाई नगद ६१ हजार रकमको चेक हस्तान्तरण गरेका छन् । नगदसँगै ८ सय थान मास्क पनि हस्तान्तरण गरिएको संघका सचिव इश्वरी सापकोटाले बताए ।

उता, प्रभु बैंकले यस अघि २५ केजीका १६ बोरा गरी ४ सय केजी चामल राहत स्वरुप नगरमा हस्तान्तरण गरेको थियो ।

मा प्रकाशित

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes