अर्को साताबाट रियाल मड्रिडले प्रशिक्षण सुरु गर्ने - Pahilo Online

अर्को साताबाट रियाल मड्रिडले प्रशिक्षण सुरु गर्ने

writer

 

काठमाडौं। स्पेनको फुटबल क्लब रियाल मड्रिडले अर्को साताबाट प्रशिक्षण सुरु गर्ने भएको छ ।जिनेदिन जिदानको टिम रियालले मे ११ ताखिरबाट प्रशिक्षण फेरि सुरु गर्ने भएको हो । रियालको भाल्डेबेबास प्रशिक्षणस्थल स्वास्थ्य अवस्थाका कारण पूर्ण रुपमा तयार भएपछि क्लब तयारीमा फर्किने भएको हो ।
प्रशिक्षणका बेला खेलाडीलाई व्यक्तिग रुपमा प्रशिक्षण गराइने भएको छ भने सामाजिक दुरीलाई पनि कायम राखिनेछ । स्पेन सरकारले लगाएको लकडाउन अहिले खुल्ला गरिएको छ ।
प्रशिक्षणका बेला बाहिरको व्यक्तिहरु प्रवेश पाउने छैनन् । खेलाडीलाई पनि एकै पटक भन्दापछि फरक समयमा प्रशिक्षणमा राख्ने तयारी गरिएको छ । ला लिगाका खेलाडीहरुको कोरोना टेष्ट अर्को साता गरिने भएको छ । उनीहरुलाई राष्ट्रिय स्वास्थ्य परिषद्को मापदण्डका आधारमा परिक्षण गरिनेछ ।
ला लिगाले सबै खेलाडी, प्रशिक्षक र स्टाफहरुले भाइरस परीक्षण पास नगर्दासम्म लिग सुरु नहुने बताएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes