आज १० जनामा कोरोना सङ्क्रमण पुष्टिसँगै नेपालमा संक्रमितको संख्या ६९ पुग्यो - Pahilo Online

आज १० जनामा कोरोना सङ्क्रमण पुष्टिसँगै नेपालमा संक्रमितको संख्या ६९ पुग्यो

writer

काठमाडौं ।नेपालमा आज एकैदिन १० जनामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको छ ।
आज भएको परीक्षणमा नेपालगञ्जका ९ जना र पर्साका ३६ वर्षीय पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ६९ पुगेको छ । नेपालगञ्जमा आज कोरोना पुष्टि भएका पाँच पुरुष र चार महिलाको उमेर सातदेखि ५८ वर्ष रहेको पनि मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।
कोरोना पुष्टि भएका १० जनालाई नेपालगञ्जको कोरोना अस्पताल लैजाने तयारी गरिएको छ । अहिले विराटनगरमा ३१ जना, वीरगञ्जमा ९ जना तथा रुपन्देही, भरतपुर, नेपालगञ्ज र धनगढीमा एकरएक जना गरी ४४ जनाको उपचार भइलिरहेको छ ।
अहिलेसम्म १६ जना भने उपचारपछि निको भएका मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes