आजदेखि पथरी बजार पूर्णरुपले बन्द हुने - Pahilo Online

आजदेखि पथरी बजार पूर्णरुपले बन्द हुने

writer

पथरीशनिश्चरे / पथरी बजार आजदेखि पूर्णरुपमा बन्द हुने भएको छ । कोरोना भाइरस (कोभिड १९)को प्रकोप पछिल्लो समयमा १ नं प्रदेशमा एक्कासी बढेकाले पथरी बजार बन्द गर्ने भएको हो ।
हिजो बसेको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ को बैठकले अस्पताल खुल्ला गर्ने, औषधि पसल दिनको २ घण्टा खुल्ला गर्ने भएपनि तरकारी, फलफुल तथा खाद्यन्न पसल समेत पूर्ण रूपले बन्द गर्ने निर्णय भएको वडा सदस्य रोमान्सी धिमालले बताइन् । बन्दबाट सर्बसाधारण जनताहरूमा पर्न गएको असुविधा प्रति क्षमा याचना गर्दै सबै वडाबासी जनसमुदायमा घरैमा बसी कोरोना भाइरसको जोखिमबाट बच्नका लागि अनुरोध वडा कार्यालयले गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes