मोरङ । विराटनगरस्थित कोशी अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) का शंकास्पद बिरामीको स्वाबको नमुना परीक्षण सुरु गरिएको छ । परीक्षण सुरु गर्नुअघि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेले अस्पतालको ल्याबको निरीक्षण गरेका थिए ।
संघीय सरकारले कोरोना भाइरसका शंकास्पद बिरामीको स्वाबको नमुना परीक्षणका लागि विज्ञसहितको आवश्यक उपकरणलगायतका सामग्री बिहीबार हेलिकप्टरबाट विराटनगर आएको थियो । विराटनगरबाट गरिने कोरोना परीक्षणका लागि पहिलो चरणमा ६ सय जनाको नमूना संकलन गर्न पुग्ने केमिकल ल्याईएको वीर अस्पताल काठमाडौंका जेनेटिक साइन्टिस्ट तथा कोरोना परीक्षण विज्ञ समूहका बलराम गौतमले बताए । उनले नमुना परीक्षण सुरु भएसँगै थप सामग्री संघीय सरकारले पठाउने बताए ।
प्रदेश १ स्थित १४ वटै जिल्लामा कोरोना भाइरसका शंकास्पद बिरामीको स्वाबको नमुना परीक्षण संकलन गरेर कोशी अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएर परीक्षण गरिने मन्त्री घिमिरेले बताए । यसअघि प्रदेश १ मा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै स्वाबको नमुना परीक्षण हुँदै आएको थियो । यसैबीच, प्रदेश १ मा रहेका ५ वटा क्वारेन्टाइनबाट एकसाथ शुक्रबारदेर्खि यापिड डाइग्नोस्टिक टेस्टसमेत सुरु गरिएको छ । मोरङको टाँडी, झापाको मेचीनगर र भद्रपुर, सुनसरीको धरान र उदयपुरको बेलसोत क्वारेन्टाइनबार्ट यापिड टेस्ट सुरु गरिएको मन्त्री घिमिरेले बताए ।
कोरोना भाइरसका शंकास्पद बिरामीको रगत लिएर्र यापिड डाइग्नोस्टिक किटमार्फत परीक्षण सुरु गरिएको र शनिबारसम्म १४ वटै जिल्लामा आवश्यक सामग्री पठाएर्र यापिड टेस्ट एकसाथ गरिने घिमिरेले बताए । एक जनार्को यापिड टेस्टका लागि ४५ मिनेट समय लाग्ने भएकाले दैनिक एक ठाउँमा एक सय जनाको परीक्षण गर्ने लक्ष्य रहेको पनि मन्त्री घिमिरेले बताए ।