पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका लागि राहत संकलनका लागि आव्हान गर्दै बैंक खाता खोलेको छ ।
समितिका संयोजक नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको आजको बैठकले एनआइसी एशिया बैंक पथरी शाखामा खाता सञ्चालनको निर्णयपछि खाता खोलिएको छ । जहाँ जहाँ जो जोबाट सहयोग आएपनि सो समितिमार्फत एकद्वार प्रणालीमा मात्रै राहत व्यवस्थापन र वितरण गरिने समिति संयोजक राईले जानकारी दिए । बैठकले, राहत उपलब्ध गराउन इच्छुक जो कोहीलाई समितिले सञ्चालन गरेको राहत कोषको ०८४४१५००२७७५६००२ नम्बरको खातामा रकम जम्मा गर्न आव्हान समेत गरिएको राईले उल्लेख गरे ।