कोरोना सतर्कता नाम्चेबजारका सबै होटल बन्द - Pahilo Online

कोरोना सतर्कता नाम्चेबजारका सबै होटल बन्द

writer

सोलखुुम्बु । नाम्चेबजार क्षेत्रका सबै होटल अनिश्चित कालका लागि बन्द गरिएका छन् । कोरोना भाइरसको त्रासका कारण शुक्रबार (आज) देखि यस क्षेत्रका सबै होटल अनिश्चितकालका लागि बन्द गरिएको नाम्चेका होटल सञ्चालकहरुले जानकारी दिए ।

बिहीबार बसेको नाम्चे लज एण्ड होटल एसोसियशनको आकस्मिक बैठकले शुक्रबार (आज) देखि त्यस क्षेत्रका सबै होटल अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो । कोरनाको संक्रमणले विश्वभरिलाई आतकिंत बनाएको अवस्थामा जोखीम न्यूनीकरण गर्न सम्पूर्ण होटल बन्द गर्ने निर्णय गरेको नाम्चे लज एण्ड होटल एसोसियशनका उपाध्यक्ष निमाडोमा शेर्पाले जानकारी दिनुभयो ।

होटल बन्द भएपछि त्यहाँ कार्यरत झण्डै ३ सय मजदुर घर फर्केका छन् । सिजनको समयमा होटल बन्द गर्नुपर्ने भएकाले मजदुरलाई घर फर्काउनु बाध्य भएको होटल व्यवसायीको भनाइ छ । अहिले लुक्ला विमानस्थलमा आउने पर्यटकको संख्या शून्य छ भने फर्किने पर्यटकको संख्या नगण्य मात्रामा रहेको एयरलाइन्स कम्पनीहरुले जनाएका छन् ।

मा प्रकाशित

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes