दादुरा र रुबेलाको खोप तथा पोलियाको औषधि खुवाउने कार्यक्रम सुरु - Pahilo Online

दादुरा र रुबेलाको खोप तथा पोलियाको औषधि खुवाउने कार्यक्रम सुरु

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकामा दादुरा र रुबेला विरुद्धको खोप तथा पोलियो विरुद्धको औषधि खुवाउने कार्यक्रम बुधबारदेखि सुरु भएको छ । नगर प्रमुख दिलीपकुमार राईले जन्मेको ९ महिनादेखि ५ वर्षभित्रका बालबालिकालाई खोप लगाउने र औषधि खुवाउने अभियानको सुरुवात गरे ।

विद्यालयहरुमा केन्द्र बनाएर सञ्चालित कार्यक्रममा पहिलो दिन वडा नम्वर १ को एभरेष्ट, भूपु सैनिक, १० को जालपासिंहदेवी, हिरक, ५ को सहिद रामलक्ष्मण विद्यालयमा खोप लगाउने र औषधि खुवाउने काम गरिएको स्वास्थ्यकर्मी जगत मगरले वताए ।

खोप लगाउने र औषधि खुवाउने कार्यक्रममा वडाका पायक पर्ने ३८ वटा विद्यालयहरुलाई केन्द्र बनाएर कार्यक्रम अघि बढाइएको छ । खोप लगाएपछि बालबालिकालाई खोप कार्ड समेत प्रदान गरिएको छ । दादुरा रुबेला एकप्रकारको भाइरसबाट हुने समस्याको निवारणका लागि १६ गतेसम्म अभियान सञ्चालन गरिने छ ।

३ वर्ष अघि पूर्ण खोप सुनिश्चिताको मापदण्ड पुरा गरेको नगरमा एकैसाथ दादुरा रुबेलाको खोप र पोलियोको समेत औषधि खुवाइने कार्यक्रम तय भएको हो । ८० प्रतिशत हाराहारीमा खोप लगाएको अवस्था रहिरहेको नगरमा जन्मेको ९ महिनादेखि ५ वर्षभित्रका ५ हजार ५ सय ८९ बालबालिकालाई दादुरा रुबेलाको खोप र ६ हजार ६ सय ३० बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य बनाइएको छ ।

मा प्रकाशित

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes