कुलुङ जातीको महान् चार्ड चाक्चाकुर येलेदोङको तयारी पुरा, भूमिपूजासहित, विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रमको आयोजना - Pahilo Online

कुलुङ जातीको महान् चार्ड चाक्चाकुर येलेदोङको तयारी पुरा, भूमिपूजासहित, विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रमको आयोजना

writer

Santosh Khaling Rai

कुलुङ समुदायसँग सम्बन्धित प्रतिकात्मक तस्बीर

पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरमा बषौदेखी बसोबास गर्दै आएका नेपाल किँरात कुलुङ जातीहरुको महान् चार्ड मिनारी दाचाम चासुम्लो निङदोङ “चाक्चाकुर” येलेदोङ ५०८० को अबसरमा आयोजित कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ। भोलि २८ गते (सोमबार) कुलुङ समुदायको पहिचान सहितको भूमिपूजा, विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रमको आयोजना गरी वडा नं ४ को धराने टोलमा भव्यताको साथ मनाइने भएको छ।

कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट बास्तोलाको प्रमुख आतिथ्यता रहनेछ। विशिष्ट अतिथिहरुमा नेपाल किँरात कुलुङ संघ केन्द्रिय अध्यक्ष चन्द्र सिंह कुलुङ, १ नं प्रदेश कमिटि अध्यक्ष आसधन कुलुङ र पथरीशनिश्चरे नगर जनजाति महासंघ अध्यक्ष चन्द्रसिह तामाङ को उपस्थिति रहनेछ। सोमबार विहान ७ बजेबाट सतबिउपलविउ सहित भूमिपूजा गरीनेछ, ८ बजेदेखी ९ बजेसम्म विभिन्न खेलहरु म्युजिकल चियर, हण्डी फुटाई र छेलो लगायतका खेल हुनेछ। १० वजेदेखी चाक्चाकुर (खानपिन) कार्यक्रम र ११ वजेदेखी गायीका करुणा कुलुङको विशेष प्रस्तुती सहित, मगरजातिको हुर्रा, गुरुङको कौडा र जातीय संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम रहने नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघको सचिव धनरान कुलुङले जानकारी दिए ।

कुलुङ समुदायसँग सम्बन्धित प्रतिकात्मक तस्बीर

पथरीशनिश्चरे नगरमा ११० घरधुरी रहेको कुलुङसमुदायको जनसँख्या अनुमानित ५०० जना भन्दा बढी रहेको छ। सोमबार हुने कार्यक्रममा आमन्त्रित छिमेकी नगरको कुलुङ समुदाय, अतिथि, अन्य गैर कुलुङ समुदाय गरी १००० जनाको सँख्यामा उपस्थिति रहने आँकलन गरीएको छ। वर्षेनी कार्यक्रम गर्न आफ्नै धार्मिक जग्गा नभएकोले चाँडैनै कुलुङ समुदायको वृहत भेला गरी आफ्नै जग्गा व्यवस्थाको पहल गरी विस्तारै भवन निर्माण गर्ने योजना रहेको पनि सचिव कुलुङले जानकारी दिए।

मा प्रकाशित

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes