
शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ मा स्थापित प्रभात सामुदायिक युवा क्लबले आफ्नो २५ औं स्थापना दिवसको अबसर पारेर साता ब्यापी कार्यक्रम आयोजना गरि रजत महोत्सव मनाएको छ ।
आज छैटौं दिन एक्काईस जना सहभागी भएको बाइक स्लो प्रतिस्पर्धामा ९ नम्बर निवासी अर्जुन राई प्रथम भएका थिए भने २८ जना सहभागी भएको स्लो साइकल रेसमा ८ नम्बर निवासी शिशिर दर्जी प्रथम भए र ढल्के जोबन फुटबल प्रतियोगितामा आयोजक प्रभात सामुदायिक युवा क्लब र हसन्दह फुटबल क्लब बिच भएको खेलमा आयोजक टिमले शुन्यको विरुद्धमा एक गोल गर्दै बिजयी भएको क्लबका अध्यक्ष नवीन जङ कार्कीले जानकारी दिए ।

गत मङ्सिर ६ गते देखि नियमित रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै रजत महोत्सव मनाएको क्लबले भोलि बिहान ७ बजे ६ कि।मि। म्याराथन दौडको आयोजना गरेको छ भने साझ विभिन्न जातिय झाकी, गायक नन्दु गुरुङ र समिर बि।क को जोडदार प्रस्तुती सहितको सास्कृतिक कार्यक्रम, नबनिर्मित क्लब भवन नगर प्रमुख द्वारा उद्घाटन, दिपप्रज्वलन लगाएतका कार्यक्रमहरु रहेका छन ।
बात्ती काड्ने र तृष्ण बुद्धि परिक्षण
यरैगरी, क्लबले हिजो मंगलबार पाचौं दिन विभिन्न विद्यालयका बीस जना विद्यार्थीहरुले भाग लिएको तृष्ण बुद्धि परिक्षण कार्यक्रममा बुद्ध मा। बि। कि बबिता बस्नेत प्रथम र एकतीस जना सहभागी भएको बात्ती काड्ने प्रतिस्पर्धामा बाल कुमारी खत्री प्रथम भएकी क्लबका अध्यक्ष नवीन जङ कार्कीले जानकारी दिए ।

