एभीसी सेन्ट्रल जोन महिला भलिबलमा नेपालको लगातार तेस्रो जित - Pahilo Online

एभीसी सेन्ट्रल जोन महिला भलिबलमा नेपालको लगातार तेस्रो जित

writer

काठमाण्डौ । एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपालले लगातार आज तेस्रो खेल जितेको छ । पहिलो खेलमा अफगानिस्तानलाई ३–० को सोझो सेटमा हराएको नेपालले सोमबार भएको दोस्रो खेलमा किर्गिस्तानलाई पनि ३–० कै सेटमा हराएको थियो । त्यस्तै तेस्रो खेलमा आज नेपालले बंगलदेशलाई ३–० कै सोझो सेटमा पाखा लगाएको छ ।

नेपालले बंगलादेशलाई पहिलो सेटमा २५–७, दोस्रो सेट २५–६, र तेस्रो सेटमा २५–६ ले पराजित गरेको हो । आजको खेलमा नेपालकी सुनिता खड्का वुमन अफ दि म्याच घोषित भइन् । नेपाल यो जितसँगै ३ खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । नेपाललाई पछ्याउने क्रममा माल्दिभ्सको समान ३ खेलबाट ८ अंक रहेको छ । प्रतियोगितामा नेपालसहित किर्गिस्तान, माल्दिभ्स, बंगलादेश र अफगानिस्तान गरी पाँच टिम सहभागी छन् । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भइरहेको प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes