त्रिभुवन आर्मी क्लब अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश - Pahilo Online

त्रिभुवन आर्मी क्लब अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश

writer

विर्तामोड । त्रिभुवन आर्मी क्लब झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल खेलमा सिक्कीम आक्रामक क्लब विरुद्ध कठिन जित निकाल्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । निर्धा्रित समय गोलरहित बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी मार्फत लिइएको थियो । पेनाल्टी सुटआउटमा सिक्किम विरुद्ध ४–३ को नतिजा निकाल्दै आर्मीले फाइनलसम्मको यात्रा तय गरेको हो ।

आर्मीका लागि पेनाल्टीमा दिपक गुरुङ, बिकास तामाङ, राजिव गुरुङ र विवेक बस्नेतले गोल गरे । कप्तान टेकबहादुर बुढाथोकीको प्रहार सिक्किमका गोल रक्षक मनोज प्रधानले रोकिदिएका थिए । यता सिक्किमका खेलाडी बिकास क्षेत्रीले गरेको प्रहार बारमा लागेर फर्किएको थियो भने एन्थेनी क्षेत्रीको प्रहार आर्मीका गोलरक्षक विवस चौधरीले रोकेका थिए । विरेन प्रधान, मनोज कास्वा र करण राईले गोल गरेका थिए ।

विभागीय टोली त्रिभुवन आर्मी क्लबले भारतको आसामिस क्लब मोलवेविरुद्ध जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । उद्घाटन खेलमा आयोजक जायोन स्पोट्स क्लबलाई पराजित गरेको सिक्किमले क्वाटर फाइनल खेलमा बेलबारी ११ लाई हराउँदै सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

उपाधिकालागि आर्मीले चर्च ब्वाइज काठमाडौं र नेपाल पुलिस क्लबबीचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको बिजेताले नगद १२ लाख ५० हजार पुरस्कार र उपबिजेताले ६ लाख २५ हजार पुरस्कार पाउने छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes