आसामिस क्लब मोलवेलाई २–० ले हराउँदै आर्मी सेमिफाइनलमा - Pahilo Online

आसामिस क्लब मोलवेलाई २–० ले हराउँदै आर्मी सेमिफाइनलमा

writer

विर्तामोड । विभागीय टोली त्रिभुवन आर्मी क्लब झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा आर्मीले भारतको आसामिस क्लब मोलवेविरुद्ध २–० गोलको जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

डोमालाल राजवंशी रंगाशालामा भएको उक्त खेलमा आर्मीलाई जिताउन कप्तान टेकबहादुर बुढाथोकी र दीपक गुरुङले समान एक–एक गोल गरे । आर्मीले पहिलो हाफमा एक गोल गर्यो भने दोस्रो हाफमा एक गोल गरेको थियो । खेलको पाँचौं मिनेटमा कप्तान टेकबहादुर बुढाथोकीको गोलमा आर्मीले आसामासि क्लबविरुद्ध १–० गोलको अग्रता बनाएको थियो । यस्तै दोस्रो हाफको ३४औं मिनेटमा दीपक गुरुङले गोल गरेपछि आर्मीले आफ्नो अग्रता दोब्बर बनायो ।

पहिलो हाफमा मोलवेमाथि आर्मीले दबाब सिर्जना गरेको थियो । तर, दोस्रो हाफमा आर्मीको दबदबा मोलवेले कायम हुन दिएको थिएन । र, बाँकी समयमा दुवै टोलीले गोल गर्न नसक्दा मोलवेले खेलको नतिजा आर्मीलाई सुम्पियो । खेलको म्यान अफ दि म्याच आर्मीका कप्तान टेकबहादुर बुढाथोकी भएका थिए । शनिबारबाट सुरु भएको उक्त प्रतियोगितामा दुवै क्लबले आफ्नो पहिलो खेल खेलेका थिए । यस जितसँगै आर्मीले सेमिफाइनलमा स्थान बनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes