सडन डेथमा एपीएफलाई हराउँदै पुलिस सेमिफाइनलमा - Pahilo Online

सडन डेथमा एपीएफलाई हराउँदै पुलिस सेमिफाइनलमा

writer

विर्तामोड । झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको दोस्रो क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लबले जित निकालेको छ । मंगलबार भएको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई सडन डेथमा हराउँदै पुलिसले सेमिफाइनलमा स्थान बनाएको हो ।

झापाको विर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा भएको विभागीय डर्बीमा निर्धा्रित समय १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि खेल पेनाल्टी सुट आउटमा गएपनि पुनः बराबरी भयो । र, त्यसपछि खेलमा सडन डेथको निर्णय लिइएको थियो, जसमा पुलिसले जित हात पारेको हो ।खेलमा एपीएफले सुरुआती अग्रता बनाएको थियो । एपीएफका लागि रमेश दंगालको गोलमा एपीएफले सुरुआती अग्रता बनाएको हो । रमेशले खेलको २९औं मिनेटमा हेडिङमार्फत् गोल गरेका थिए । नवीन लामाको पासमा रमेशले गोल गरेपछि एपीएफले पहिलो हाफभरि १–० गोलको अग्रता बनायो ।

यस्तै खेलको ६०औं मिनेटमा भोला सिलवालको गोलमा पुलिस बराबरीमा फर्कियो । त्यसपछि निर्धा्रित समयमा दुवैले गोल गर्न सकेनन् र खेलमा पेनाल्टी सुटआउटको निर्णय लिइएको थियो । त्यसमा पनि खेल बराबरी भएपछि पुनः खेलमा सडन डेथको निर्णय लिइएको थियो । जसमा पुलिसले सफलता हात पारेको हो । योसँगै दोस्रो जित निकाल्दै पुलिसले सेमिफाइनलमा स्थान बनायो । पुलिसले समूह ‘बी’को पहिलो खेलमा झापा ११ लाई पराजित गरेको थियो । समूह ‘ए’ बाट सोमबार पाहुना टोली सिक्किम आक्रामक क्लब सेमिफाइनल प्रवेश गरिसकेको छ । उक्त खेलमा म्यान अफ दि म्याच पुलिसका भरत सिलवाल बने । अब प्रतियोगिताअन्तर्गत भोलिको खेलमा आसाम र त्रिभुवन आर्मी क्लबले खेल्नेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes