बेलबारी ११ लाई हराउँदै सिक्किम सेमिफाइनलमा - Pahilo Online

बेलबारी ११ लाई हराउँदै सिक्किम सेमिफाइनलमा

writer

विर्तामोड । झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपअन्तर्गत आक्रमक फुटबल क्लब सिक्किमले सेमिफाइनलमा स्थान बनाएको छ । सोमबार भएको प्रतियोगिताको तेस्रो खेलमा सिक्कमले बेलबारीविरुद्ध ३–२ गोलको जित निकालेको हो ।

विर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा भएको उक्त खेलमा सिक्कमलाई जिताउन रोहन राईले २ तथा करण राइले एक गोल गरे । यता, पराजित टोली बेलबारीका लागि किरण लिम्बू र विक्रम सुब्बाले समान एक–एक गोल गरे । सिक्किमले सुरुआती अग्रता उल्टाउँदै जित निकालेको हो । बेलबारीका लागि किरण लिम्बूले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । उनले खेलको तेस्रो मिनेटमा गोल गर्दै पहिलो हाफभरि बेलबारीलाई १–० गोलको अग्रता बनाए ।

तर, खेलको ५८औं मिनेटमा रोहन राईले गोल गर्दै टोलीलाई बराबरीमा फर्काए । रोहनले गणेश लिम्बूको पासमा गोल गरेपछि सिक्किम १–१ गोलको बराबरीमा फर्किएको थियो । यस्तै खेलको ६२औं मिनेटमा रोहनले दोस्रो गोल गरे । सत्यमको पासमा गोल गर्दै रोहनले टोलीलाई अग्रता दिलाए ।

यस्तै खेलको ६७औं मिनेटमा बेलबारीका विक्रम सुब्बाले गोल गर्दै टोलीलाई बराबरीमा फर्काए । तर, खेलको ८५औं मिनेटमा सिक्किमका करण राईले गोल गर्दै टोलीलाई जिताए । यस गोलसँगै करण यस प्रतियोगिताको सर्वा्धिक गोलकर्ता बनेका छन् । अघिल्लो खेलमा ४ गोल गरेका करण बेलबारीविरद्ध गोल गर्दै सर्वा्धिक गोलकर्ता बनेका हुन् ।

यस जितसँगै सिक्किमले सेमिफाइनलमा स्थान बनाउनेछ । सिक्कमले उद्घाटन खेलमा आयोजक जायोन स्पोर्टस् क्लबलाई हराएको थियो । आयोजक जायोन स्पोट्र्स क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै भारतीय क्लब सिक्किम आक्रामक क्वार्टरफाइनल प्रवेश गरेको थियो । तर, यो जितपछि ऊ सेमिफाइनल पुग्न सफल बन्यो ।

अब, भोलि हुने खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लबले खेल्नेछन् । जायन स्पोर्ट्स क्लब झापाले आयोजना गरेको प्रतियोगिता कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार रुपैयाँ पुरस्कार र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes