नेपाल पुलिसको सुखद सुरुआत, घरेलु टोली झापा ११ विरुद्ध २–१ गोलको जित - Pahilo Online

नेपाल पुलिसको सुखद सुरुआत, घरेलु टोली झापा ११ विरुद्ध २–१ गोलको जित

writer

विर्तामोड । झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपमा विभागीय नेपाल पुलिस क्लबल सुखद सुरुआत गरेको छ । आइतबार भएको खेलमा पुलिसले झापा ११ विरुद्ध २–१ गोलको जित निकालेको हो । विर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा भएको उक्त खेलमा पुलिसलाई जिताउन सुमन लामा र सौजन याख्याले समान एक–एक गोल गरेका थिए । यता, झापाका लागि भने योगेश गुरुङले एक गोल फर्काएका थिए ।

पुलिसले सुमनको गोलमा सुरुआती अग्रता बनाएको थियो । पुलिसका लागि खेलको १५ औं मिनेटमा सुमनले आकर्षक गोल गरेका थिए । उनले फ्रि–किकमार्फत् गोल गरेपछि पुलिसले पहिलो हाफभरि १–० गोलको अग्रता बनाएको थियो ।

यस्तै दोस्रो हाफमा पुलिसले अर्को गोल थपेको थियो । खेलको ५९औं मिनेटमा सौजनले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको ७४औं मिनेटमा झापाका लागि योगेशले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयत्न गरेका थिए । तर, त्यसपछि बाँकी समयमा गोल हुन नसकेपछि पुलिसले खेलमा २–१ गोलको जित निकालेको हो ।

अब पुलिसले सेमिफाइनल प्रवेशका लागि सशस्त्र प्रहरीको एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जायोन स्पोट्र्स क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै भारतीय क्लब सिक्किम आक्रामक क्वार्टरफाइनल प्रवेश गरेको छ ।

सिक्किमले सेमिफाइनल प्रवेशका लागि सोमबार संकटा क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार रुपैयाँ पुरस्कार र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes