हाम्रो पूर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप फुटबल भोलि बाट सुरु - Pahilo Online

हाम्रो पूर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप फुटबल भोलि बाट सुरु

writer

इलाम । आगामी कात्तिक १६ गतेबाट हुने हाम्रो पुर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप प्रतियोगिताको तयारी पुरा भएको छ । ५ वटा ए डिभिजनका क्लब सहित १० वटा टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको तयारीबारे आयोजक जायन स्पोर्ट्स क्लबले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।

यसअघि असोज ११ गतेबाट ८ वटा क्लबलाई सहभागी गराएर प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको थियो । तर प्रतियोगिता हुनुभन्दा २ दिन अघि मौसम प्रतिकुल भएपछि स्थगित भएको थियो। त्यसपछि दोश्रो पटक आयोजकले अखिल नेपाल फुटबल संघ(एन्फा) सँग कात्तिक २ गतेदेखि प्रतियोगिता आयोजना गर्न समय माग गरेको थियो। एन्फाले सो समयमा अन्यत्र प्रतियोगिता भएको हुनाले समय दिन नसकेपछि कात्तिक १६ को मिति तय भएको हो। एन्फासँग भएको सहमतिसँगै कात्तिक २५ गते फाइनल हुने गरी प्रतियोगिता हुन लागेको छ। प्रतियोगिताका लागि लगभग ५ हजार दर्शक बस्न मिल्ने बाँसको प्यारापिट निर्माण गरिएको आयोजक क्लबका खेल संयोजक अभिनाश राईले जानकारी दिए ।

उनले १० हजार दर्शकले खेल अवलोकन गर्न सक्ने गरी व्यवस्थापन गरिएको बताए। डोमालाल राजवंशी रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र सिक्किम आक्रामक एफसी आमने–सामने हुने भएका छन्। यसअघि पहिलो पटक तय गरिएको प्रतियोगिताको मिति र खेल तालिकामा आयोजक टोली थिएन । प्रतियोगितामा आयोजक जायोन स्पोर्टस क्लब, सिक्किम आक्रामक, संकटा क्लब, मोलवे आसाम, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, झापा ११ एफसी, नेपाल पुलिस क्लब र गोर्खा ब्वाइज रुपन्देहीको सहभागिता रहनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes