नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल चयन - Pahilo Online

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल चयन

writer

काठमाडौं । नियमित कप्तान पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल चयन भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिएको छ ।

ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र यसअघि नेपाली टोलीको उपकप्तान रहेका थिए । क्यानका सचिव अशोक नाथ प्याकुरेलले अर्को निर्णय नहुदासम्म ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिएको बताए । ’कप्तान पारसको राजीनामा आईसकेपछि र फेरी कप्तानमा उनी नफर्कने बताएपछि अध्यक्ष, सचिव र प्राविधिक समितिको छलफलले अर्काे निर्णय नहुँदासम्म ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिइएको छ’ प्याकुरेलले खेलपाटीसँग भने ।

सचिव प्याकुरेलले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँगको सिरिज नेपालले ज्ञानेन्द्रको कप्तानीमा मैदान उत्रने बताए । ’नेपालले यसै साता एमसीसीसँग खेल्दैछ र चांडै नेपालले धेरै सिरिज खेल्दैछ । जसको लागि हामीले ज्ञानेन्द्रलाई कप्तान बनाएका हौं । अर्को निर्णय नभएसम्म अरु कप्तान हुने छैनन्,’ सचिव प्याकुरेलले थपे । नेपाली टोलीको उपकप्तानमा भने दिपेन्द्र सिंह ऐरीलाई चयन गरिएको छ ।

पारसले गत असोज २८ गते सामाजिक संजालबाट कप्तानी छाडेको घोषणा गरेका थिए । तर, उनले आइतबार मात्र क्यानलाई औपचारिक रुपमा मेलबाट राजीनामा पत्र बुझाएका थिए ।  पारसको राजीनामा पाएसँगै क्यानले ज्ञानेन्द्रलाई टिमको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो । यसअघि ज्ञानेन्द्रले पारसको अनुपस्थितिमा पनि कप्तानी सम्हाल्दै आएका थिए ।

अब नेपालले लिगेसी टुरका लागि नेपाल भ्रमण गर्ने एमसीसी टिमसँगको सिरिज ज्ञानेन्द्रको कप्तानीमा खेल्नेछ । इंग्ल्यान्ड तथा विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब एमसीसी टिम बिहिबार नेपाल आइपुग्ने छन् । एमसीसीको टिमले नेपालको राष्ट्रिय टिम र यू–१९ टिमसँग विभिन्न सिरिज खेल्ने कार्यक्रम रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes