तेस्रो डाँगिहाट गोल्डकपमा ब्वाइज युनियन काठमाण्डौँ च्याम्पियन - Pahilo Online

तेस्रो डाँगिहाट गोल्डकपमा ब्वाइज युनियन काठमाण्डौँ च्याम्पियन

फाइनलमा धरान फुटबल क्लव ६–० को फराकिलो अन्तरले पराजित

writer

पथरीशनिश्चरे । मोरङ्गको भाउन्नेमा सम्पन्न तेश्रो डाँगिहाट गोल्डकपको उपाधी डिभाइन ब्वाइज युनियन क्लब काठमांडौले जितेको छ। आइतबार भएको फाइनलमा ब्वाइज युनियनले ६–० को फराकिलो गोल अन्तरले धरान फुटबल क्लबलाई पराजित गर्दै ३ लाख ११ हजार रुपैयाँ पुरस्कार हात पारेको हो ।

ब्वाइज युनियनका तपन कार्कीले उत्कृष्ट खेल प्रस्तुत गर्दै पहिलो हाफको दोश्रो र १८ औँ मिनेटमा गोल गर्दै पहिलो मध्यान्तर सम्ममा टिमलाई २ गोलको अग्रता दिलाएका थिए भने दोश्रो हाफको १३ औँ र २५ औँ मिनेटमा थप २ गोल गरे। त्यसैगरी ब्वाइज युनियनका विदेशी खेलाडी मेसौकी दोश्रो हाफको २० औँ र २७ औँ मिनेटमा थप २ गोल गर्दै टिमलाई ६–० को फराकिलो गोल अन्तर दिलाएका हुन। खेल अवधि भर नै दबाबमा रहेको धरानले उपविजेतामा चित्त बुझाउदै नगद २ लाख ११ हजार रुपैयाँ प्राप्त गरेको छ।

फाइनल खेलको मेन अफ द म्याच ब्वाइज युनियनका कमल श्रेष्ठ घोषित हुँदै नगद ७००० प्राप्त गरे। त्यस्तै उत्कृष्ट गोल रक्षक बिजेता टिमका लकि कार्की घोषित भए । उत्कृष्ट डिफेन्स ब्वाइज युनियनका विदेशी खेलाडी टेम्पी एभनेस्ट, उत्कृष्ट मिड फिल्ड उपबिजेता टोलि धरानका उमेश कार्की, उत्कृष्ट फर्वाड ब्वाइज युनियनका तपन कार्की घोषित भए। त्यसैगरी उदयमान खेलाडी आयोजक डाँगिहाटक अरुन लिम्बू घोषित भए। विधागत उत्कृष्ट हुनेहरुले समान नगद १० हजार पुरस्कार प्राप्त गरेका छन। सर्वाधिकगोलकर्ता बनेका विजेता टोलिला अफ्रिकी खेलाडी मेसौकीले भने नगद १५ हजार रुपैयाँ पुरस्कार हात पारे।

सम्पुर्ण खेलको सर्वोउत्कृष्ट खेलाडी विजेता टोलि ब्वाइज युनियनका राज लिम्बू घोषित हुँदै नगद ३० हजार प्राप्त गरे। सम्पुर्ण विजेताहरुलाई प्रतियोगीता समापन कार्यक्रममा प्रमुख अतिथी प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो, आयोजक क्लबका अध्यक्ष छत्र लिम्बू, प्रदेश सांसद कुशल साँवा, बेलबारी नगरका प्रमुख ज्ञानेन्द्र सुवेदी लगायतले पुरस्कार वितरण गरे।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes