पथरीशनिश्चरे दोस्रो नकआउट फुटबलको उपाधी डाँगिहाट क्लब लाई - Pahilo Online

पथरीशनिश्चरे दोस्रो नकआउट फुटबलको उपाधी डाँगिहाट क्लब लाई

writer

पथरीशनिश्चरे । मोरङको पथरीमा सम्पन्न भएको दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी डाँगिहाट फुटबल क्लब बेलबारीले उपाधि जितेको छ । हिजो (बुधबार) भएको फाइनल खेलमा साबिक विजेता लेटाङ फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै डाँगिहाटले उपाधी उचालेको हो।

उपाधिको लागि खेलको दोस्रो हापको ३० औ मिनेटमा डाँगिहाटको खेलाडी बिक्रम तामाङले निर्णयक गोल गोल गरेका थिए । फाइनल खेलको म्यान अफ दि म्याच लेटाङ फुटबल क्लबका खेलाडी अभिषेक लिम्बु घोषित भए ।

हाई स्कोरर खेल अबधी भर ३ गोल गर्ने योसेक फुटबल क्लब उर्लाबारीको खेलाडी मन्दिप लिम्बू पुरस्कृत भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी डाँगिहाटको अरुण लिम्बू, उदियमान खेलाडी आयोजक सुनाखरीको खेलाडी अभिषेक लिम्बू, बेष्ट गोल्ड किपर, डिफेन्डर र बेष्ट कोच क्रमश डाँगिहाटकै छिरिङ तामाङ, सुरेन्द्र खवास र अनिल धिमाल घोषित भए ।

त्यसैगरी बेष्ट मिड फिल्डर र फर्वाड लेटाङका सुमन लिम्बू र भुवान राई पुरस्कृत भए । प्रतियोगिताको प्रथम हुनेलाई ८१ हजार, १११ र दोस्रो हुनेलाई ५१ हजार, १११, ट्रफि,मेडल र प्रमाण पत्र प्रदान भएको छ ।

प्रतियोगितामा मोरङको लेटाङ, डाँगिहाट, पथरी स्पोर्टिङ, योसेक फुटबल क्लव उर्लाबारी, आयोजक सुनाखरी युवा क्लब, झापाको सशस्त्र प्रहरी (एपीएफ) र दमक फुटबल क्लब र सुनसरीको पन्चायन फुटबल क्लब गरि आठ वटा टिम सहभागी भएका थिए । सेमिफाइनलमा लेटाङले योसेक फुटबल क्लव उर्लाबारी र डाँगिहाटले पन्चायन फुटबल क्लब धरानलाई हराउदै फाइनलमा पुगेका थिए।

प्रतियोगिताको समापन कार्यक्रममा प्रदेशको सामाजिक विकासमन्त्री जीवन घिमिरे, पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, नगरको खेलकुद विकास समितिको अध्यक्ष मनि लिम्बू लगायतको उपस्थिती रहेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes