लेटाङ्ग सेमिफाइनल प्रवेश, एपिएफ ट्राइब्रेकरमा ५–३ गोलअन्तरले पराजित - Pahilo Online

लेटाङ्ग सेमिफाइनल प्रवेश, एपिएफ ट्राइब्रेकरमा ५–३ गोलअन्तरले पराजित

शनिवार दमक फुटबल एकेडमी झापा र डाँगिहात फुटबल क्लब बेलबारी भिड्दै

writer

पथरीशनिश्चरे । पथरीमा जारी दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज (शुक्रबार) भएको खेलमा शसस्त्र प्रहरी (एपीएफ) झापालाई टाइब्रेकरमा पराजित गर्दै साबिक बिजेता लेटाङ फुटबल क्लब मोरङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । खेल अवधिभर गोल रहित बराबरी भएपछी निर्णयको लागि भएको टाइब्रेकर ५–३ गोल अन्तरले लेटाङ विजय हुँदै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको हो ।

लेटाङका खेलाडिहरु मनि राई, यमन मगर, भुवन राई, अनिमेश श्रेष्ठ र गोल रक्षक समेत रहेका अंजित श्रेष्ठले गोल गरेका थिए । एपिएफका खेलाडी विशाल मग्राती, युबराज श्रेष्ठ र रोसेस श्रेष्ठले गोल गरेपनी रबिन खडकाले प्रहार गरेको गोल पोस्ट बाहिरिएपछी पराजय स्वीकार गर्नु परेको थियो । खेलको म्यान अफ दि म्याच लेटाङको गोल रक्षक अन्जेत श्रेष्ठ घोषित भए ।

भोलि (शनिवार)को खेल दमक फुटबल एकेडमी झापा र डाँगिहात फुटबल क्लब बेलबारी मोरङवीच प्रतिस्पर्धा हुने आयोजक सुनाखरी युवा क्लबका खेल सचिव टाइवन राईले बताए । यस अघिको खेलमा योसेक उर्लाबारी र पञ्चायन फुटबल क्लब सुनसरी प्रतियोगिताको सेमि फाइनलमा प्रवेश गरिसकेको छ । ८१ हजार १ सय ११ रुपियाँ प्रथम पुरस्कार रहेको प्रतियोगितामा द्वितीय हुने टोलिले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes