पथरी स्पोर्टिङलाई ट्राइवेकरमा हराउदै पञ्चायन फुटबल क्लब सेमिफाइनलमा - Pahilo Online

पथरी स्पोर्टिङलाई ट्राइवेकरमा हराउदै पञ्चायन फुटबल क्लब सेमिफाइनलमा

आज शसस्त्र प्रहरी झापा र साबिक विजेता लेटाङ फुटबल क्लब खेल्दै

writer

पथरीशनिश्चरे । पथरी दोश्रो पथरी शनिश्चरे नकआउट फुटबल प्रतियोगिताको बिहिबारको खेलमा पञ्चायन फुटबल क्लब सुनसरी टाइबे्रकरमा पथरी स्पोर्टिङ क्लब पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। निर्धारीत समयमा बराबरीमा सकिएको खेलमा टाइबे्रकरको माध्यमबाट पञ्चायन फुटबल क्लब सुनसरी विजयी बनेको हो।

खेल अवधिभर २–२ गोलको बराबरी भएपछि निर्णयको लागि भएको ट्राइवेकरमा पञ्चायनको तर्फबाट अजित तामाङ, आविस्कार खड्का र रोशन भुजेलले गोल गरेका थिए । आयोजक पथरीको तर्फबाट सन्तोष न्यौपानेले गोल गरेपनी सुबास तामाङ र मीन धिमालको प्रहार विफल भएको थियो। अर्का खेलाडी विशाल पाण्डेले प्रहार गरेको गोल धरानको गोल रक्षक निशान राजधामिले रोकेका थिए । खेल अवधिमा पहिलो हाफको २ मिनेटमा पथरी स्पोर्टिङका योगेस तामाङ र २७ औं मिनेटमा विशाल पाण्डेले गोल गरेर आफ्नो टिमलाई २–० गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको ६ र ७ औं मिनेटमा धरानका तिर्थ बस्नेतले गोल फर्काउदै खेल बराबरीमा पुर्याएका थिए ।

खेलको म्यान अफ दि म्याच समेत सुनसरीका तिर्थ बस्नेत नै घोषित हुदै नगद पुरस्कारका साथै ट्रफी प्राप्त गरे । आज (शुक्रबार) को खेल शसस्त्र प्रहरीको (एपीएफ) झापा र साबिक विजेता लेटाङ फुटबल क्लब बीच प्रतिस्पर्धा हुने आयोजक सुनाखरी युवा क्लबका खेल संयोजक नवीन ढकालले बताए । ८१ हजार १ सय ११ रुपियाँ प्रथम पुरस्कार रहेको प्रतियोगितामा द्वितीय हुने टोलिले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ।

प्रतियोगितामा प्रथम, द्वितीय पुरस्कारको अलावा विधागत तर्फ उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट प्रशिक्षक लगायतलाई पुरस्कृत गरिने प्रतियोगिता संयोजक नवीन ढकालले बताए। प्रतियोगीता पथरी शनिश्चरे १ स्थित सुनाखरी खेल मैदानमा संचालन भैरहेको छ। प्रतियोगिता संचालनमा पथरी शनिश्चरे परिवार हङकङ , पथरी शनिश्चरे नगरपालिका लगायतको सहयोग रहेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes