नेपाल अन्तिम खेलमा भुटानसंग बराबरी - Pahilo Online

नेपाल अन्तिम खेलमा भुटानसंग बराबरी

writer

नेपाली टिम

तेस्रो संस्करणको महिला साफ यू–१५ च्याम्पियनसिपको आइतबार अन्तिम खेलमा नेपालले भुटानसंग बराबरी खेलेको छ । लिग चरणको अन्तिम खेलमा नेपाललाई घरेलु टोली भुटानले १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो । ५० औ मिनेटमा निकिता थोकरले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिईन् ।

भुटानी टिम

६७ औ मिनेटमा घरेलु टोलीका लागि डेकी लाजोमले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिईन् । नेपाल र भुटानले लिग चरणको अन्तिम खेलमा बराबरी खेल्दै अंक बाँडेका छन् ।

दुवै टोली एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएका थिए । प्रतियोगिताको उपाधिका लागि भारत र बंगलादेश भिड्नेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes