साफ अन्डर–१५ महिला च्याम्पियनसीपमा भारतसँग नेपालको फराकिलो हार - Pahilo Online

साफ अन्डर–१५ महिला च्याम्पियनसीपमा भारतसँग नेपालको फराकिलो हार

writer

तेस्रो संस्करणको साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालले फराकिलो हार ब्यहोरेको छ । भुटानको थिम्पुमा बुधबार सुरु भएको प्रतियोगितामा नेपाल पहिलो खेलमा भारतसंग ४–१ गोल अन्तरले पराजित भएको हो ।

भुटानको चाम्लिङथाङ रंगशालामा पहिलो हाफमा २–० ले अघि बढेको भारतले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । भारतका लागि लिन्डा कोम सेड्रोले दुई तथा सुमती कुमारी र प्रियंकाले एक एक गोल गरे । नेपालकी मनमाया दमाईले एक गोल फर्काइन् ।

सातौ मिनेटमा सुमतीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिईन् । ३८ औ मिनेटमा लिन्डाले भारतको अग्रता दोब्बर पारिन् । ५६ औं मिनेटमा लिन्डाले नै व्यक्तिगतल दोस्रो गोल गर्दै भारतलाई ३–० ले अघि बढाईन् । ६२ औं मिनेटमा कप्तान प्रिती राईको पासमा मनमायाले गोल गर्दै अन्तर घटाउने प्रयास गरेकी थिईन् । तर ६६ औं मिनेटमा प्रियंकाले गोल गर्दै भारतलाई ४–१ को फराकिलो जित दिलाइन् ।

नेपालले दोस्रो खेलमा शुक्रबार बंगलादेशसँग खेल्नेछ । लिग चरणको अन्तिम खेलमा नेपालले आईतबार भुटानसंग खेल्नेछ । राउण्ड रोबिन लिगका शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो संस्करण बंगलादेश र दोस्रो भारतले जितेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes