हसन्दह ढल्केजोवन फुटबलको उपाधि वडा नं. ७ लाई - Pahilo Online

हसन्दह ढल्केजोवन फुटबलको उपाधि वडा नं. ७ लाई

writer

पथरीशनिश्चरे । हसन्दह ढल्केजोवन फुटबलको उपाधि वडा नं. ७ ले उचालेको छ । वडा नं. ३ लाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

आइतबार भएको फाइनलमा खेलको १८ औँ मिनेटमा वडा नं ७ का जर्सी नं ११ का खेलाडी मनिष थारुले १ गोल गरेका थिए । सोहि १ गोल नै खेलको निर्णायक गोल बन्यो । खेल अवधिभर दवावमा राखेको ७ ले आफ्ना आधा दर्जन सुनौला अवसर पाएको भएता पनि ती अवसरको सहि सदुपयोग गर्न सकेन । उपविजेता बनेको वडा नं. ३ ले पनि आफ्ना केही अवसरको सदुपयोग गर्नबाट चुकेको थियो । खेलको अन्त्य तिर लगातार ३ वटा पहेँले कार्ड दिइएको थियो । वडा नं. ७ का खेलाडीले फल गरेपछि सोहि विषयमा मधुलाल उराव र मनिस थारुले पहेँलो कार्ड पाए । यस्तै वडा नं. ३ का खेलाडी घनश्याम पाण्डेले पनि फल गरेका कारण पहेँलो कार्ड पाएका थिए ।

समापन कार्यक्रमा छनोट चरण देखिका म्यान अफ दि म्याच हुने खेलाडीहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो । पहिलो खेलमा वडा नं. ६ का डिक बहादुर मगर, दोस्रो खेलमा वडा नं. ३ का महेन्द्र बहादुर थापा, तेस्रो खेलमा वडा नं. ७ का मनिष थारु, चौथो खेलमा वडा नं. ८ का लोक बहादुर खड्का, पाचौं खेलमा वडा नं. ७ का मधुलाल उराव, सेमिफाइनल खेलमा पहिलो खेलमा वडा नं. ३ का महेन्द्र बहादुर थापा र दोस्रो खेलमा वडा नं. ७ का मनिष थारु घोषित भएका थिए । आइतबारको फाइनल खेलमा विजेता टिमका काली प्रसाद पोख्रेलले म्यान अफ दि म्याच पाए ।

यस्तै उत्कृष्ट गोल किपर लोक बहादुर खड्का, उत्कृष्ट मिड फिल्डर महेन्द्र बहादुर थापा, उत्कृष्ट डिफेन्स मधुलाल उराव, म्यान अफ दि सिरिज र उच्च गोलकर्ताको पुरस्कार मनिष थारुले पाए । फाइनल बिजेता टिमले २२ केजी र उपबिजेता टिमले १८ केजीको खसी, ट्रफी, मेडल र प्रमाण–पत्र हात पारे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes