लिगलिगे दौडको उपाधि पर्वतका अनिष थापालाई - Pahilo Online

लिगलिगे दौडको उपाधि पर्वतका अनिष थापालाई

writer

यस वर्षको लिगलिगे दौडको उपाधि पर्वतका अनिष थापाले जितेका छन् । दशैको अवसरमा गोरखामा प्रत्येक वर्ष आयोजना हुने दौडमा पहिलो हुदै अनिषले चौथो पटक उपाधि जित्न सफल भएका हुन् । पहिलो भएका उनले श्रीपेच समेत पहिरिने मौका पाए ।

उनले निर्धा्रित दुरी १३ दशमलव ८ किलोमिटर ५७ मिनेट ५५ सेकेन्डमा पुरा गरे । श्रीपेच सहित उनले ६० हजार रुपैयाँ प्राप्त गरे । आर्मीका खगेन्द्रबहादुर भाट दोस्रो भए । उनले निर्धा्रित दुरी १ घण्टा १ मिनेट ८ सेकेन्डमा पुरा गरे । आर्मीकै राम्जी बस्नेत १ घण्टा १ मिनेट २४ सेकेन्डमा दौड पुरा गर्दै तेस्रो भए ।

दोस्रो भएका खगेन्द्रले ३५ हजार र तेस्रो भएका राम्जीले २५ हजार रुपैयाँ प्राप्त गरे । मर्स्याङ्दी नदीको दोभानबाट सुरु भएको दौड, ढिकीडाँडा, काँटीपोखरी, पानी ट्याकी, दर्बेपानी, बिजुलीडाँडा हुदै लिगलिगकोट गढीमा पुगेर सकिएको थियो । नेपाल एकीकरण अघि बाईसे चौबीसे राज्यमध्य लिगलिगकोटमा दौडेर पहिलो हुने ब्यक्ति राजा हुने परम्परा थियो । सोही परम्परालाई निरन्तरता दिदै आन्तरिक र बाह्य पर्यटन आकर्षित गर्ने उद्वेश्यले गोरखामा प्रत्येक वर्ष प्रतियोगिता आयोजना हुदै आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes