प्याव्सन नगर समितिको आयोजनामा अंग्रेजी हिज्जे, गायन तथा नृत्य प्रतियोगिता सम्पन्न - Pahilo Online

प्याव्सन नगर समितिको आयोजनामा अंग्रेजी हिज्जे, गायन तथा नृत्य प्रतियोगिता सम्पन्न

writer

पथरी– प्याव्सन नगर समिति पथरीशनिश्चरेको आयोजनामा ‘अन्तर विद्यालय अंग्रेजी हिज्जे एकल गायन तथा लोक नृत्य प्रतियोगिता–२०७६’ शनिबार सम्पन्न गरेको छ ।  

सिनियर लोकनृत्यमा प्रथम स्थान हासिल रेडस्टार मा.वि

नगरपालिकाको वडा नं. १० स्थित अरुणोदय माविको प्राङ्गणमा पथरी शनिश्चरे भित्रका प्याव्सनमा आवद्ध विद्यालयका विद्यार्थीहरुले प्रतिष्पर्धा गरेका थिए । एकल गायनतर्फ एभरेष्ट माविका राज लोहार प्रथम भए । यस्तै दोस्रो रेडस्टार माविकी अञ्जली लिम्बु, तेस्रो सुपर्ब मोडल इङ्लिस बोडिङ स्कुलकी सुजता अछामी र सान्तवना केबी मेमोरियलकी राधिका कार्की भइन् । यस्तै सिनियर लोक नृत्यतर्फ प्रथम रेडस्टार मावि, दोस्रो प्याराडाइज, तेस्रो एभरेष्ट, सान्तवना भूपू सैनिक भएको छ । जुनियर लोक नृत्यतर्फ भने वाल्मीकि मावि प्रथम, रेडस्टार मावि दोस्रो, अन्नपूर्ण मावि तेस्रो र सान्तवना अरुणोदय माविले स्थान प्राप्त गरेको छ ।

सिनियर लोकनृत्यमा द्वितिय स्थान हासिल गर्ने प्याराडाइस अंग्रजी मा.वि

यसैगरी सोही कार्यक्रम अन्र्तगत शुक्रबार एभरेष्ट माविको सभा हलमा भएको अंग्रेजी हिज्जे प्रतियोगितामा क्रमशः अरुणोदय माविले प्रथम, दोस्रो अन्नपूर्ण, तेस्रो वाल्मीकि र सान्तवना पुरस्कार एभरेष्ट माविले हात पा¥यो । प्रतियोगीता उत्कृष्ट हुने सहभागीहरुलाई प्रमुख अतिथि पथरीशनिश्चरे नगरका उपमेयर यमुना बिष्ट बास्तोला, विशिष्ट अतिथि व्याव्सनका केन्द्रीय सदस्य लेखनाथ भट्टराई, प्याव्सन मोरङका उपाध्यक्ष सितला सुब्बा लगायतले पुरस्कार वितरण गरेका थिए ।

 

जुनियर लोकनृत्यमा द्वितीय स्थान हासिल गर्ने रेडस्टार अंग्रेजी मा.वि टोली

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes