तेस्रो खेलमा बङ्गलादेश माथि नेपालको ४–१ शानदार जित - Pahilo Online

तेस्रो खेलमा बङ्गलादेश माथि नेपालको ४–१ शानदार जित

writer

एजेन्सी – साफ यू–१५ च्याम्पियन्सिप अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले साविक विजेता बंगलादेशलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

नेपालको जितमा कृष्ण यादवले २ तथा सुगन जिमी र प्रदीप लम्सालले १–१ गोल गरे । पहिलो हाफको इन्जुरी समयमा कृष्णको गोलमा नेपालले सुरुवाती अग्रता लिएको थियो । ५२ औं मिनेटमा सुगनले अग्रता दोब्बर पारे । ७९ औं मिनेटमा बंगलादेशका मियाले अग्रता घटाएपछि त्यसको केहि मिनेटमा नै प्रदीपले ३–१ ले अगाडि बढाए । खेलको २ मिनेट समय बाँकी रहँदा कृष्णले गोल गर्दै जित पक्का गरे ।

यस जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बंगलादेश र नेपालको समान ६(६ अंक भएपनि हेड टु हेडमा नेपाल अगाडि रहेको छ । लगातार तेस्रो जित दर्ता गरेको भारत शीर्षस्थानमा छ । भारतले आजै भएको खेलमा श्रीलंकालाई ५–० ले पराजित गरेको थियो ।

पहिलो खेलमा भारतसँग ५–० ले पराजित नेपालले दोस्रो खेलमा श्रीलंकामाथि २–० को जित दर्ता गरेको थियो । नेपालले अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविन लिगको आधारमा खेलाइएको प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes