मैत्रीपूर्ण खेलमा नेपाल मलेसियाको लिग च्याम्पियन टोलिसँग १–० ले पराजित - Pahilo Online

मैत्रीपूर्ण खेलमा नेपाल मलेसियाको लिग च्याम्पियन टोलिसँग १–० ले पराजित

writer

विश्वकप छनोटको तयारीका लागि मलेसिया पुगेको नेपाली टोली मैत्रीपूर्ण खेलमा पराजित भएको छ । मलेसियाको लिग च्याम्पियन जोहोर दारुलसँग सोमबारको मैत्रीपूर्ण खेल नेपालले १–० ले गुमाएको थियो ।

खेलको सुरुवातमै पछि परेको नेपाली टोली खेलमा फर्कन सकेन । नेपाली टोली तेस्रो मिनेटमै खेलमा पछि परकेो थियो । निकोलस अबर्टोले फ्रिकिकमार्फत जोहोरलाई अग्रता दिलाएका थिए । १० दिनपछि विश्व कप छनोटको यात्रा सुरु गर्ने क्रममा रहेको नेपाली टोली त्यसैको तयारीको सिलसिलामा मैत्रीपूर्ण खेलका लागि मलेसिया पुगेको हो । मिडफिल्डर सुजल श्रेष्ठको कप्तानीमा नेपाली टोली मैदान उत्रेको थियो ।

नियमित कप्तान विराज महर्जन तथा उपकप्तानद्वय भरत खवास र किरण चेम्जोङ टोलीमा नरहेका कारण सुजल कप्तान नियुक्त भएका थिए । विश्वकप छनोट अन्तर्गत नेपाले पहिलो खेल कुवेतसँग भदौ १९ गते खेल्नेछ । स्वदेश फर्केर नेपाली टोली कुवेततर्फ प्रस्थान गर्नेछ । विश्वकप छनोट खेल्ने टोलीमा भने यसबाट केहि परिवर्तन हुनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes