उज्वेकिस्तानलाई हराउदै कीर्गिस्तान दोस्रोपटक एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियन - Pahilo Online

उज्वेकिस्तानलाई हराउदै कीर्गिस्तान दोस्रोपटक एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियन

छैटौं संस्करण अर्को वर्ष बंगलादेशमा हुने

writer

काठमाण्डौ– उज्वेकिस्तानलाई हराउदै कीर्गिस्तान एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा उज्वेकिस्तानलाई ३–० ले हराउँदै कीर्गिस्तान च्याम्पियन बनेको हो । कीर्गिस्तानले उज्वेकिस्तानलाई २६–२४, २७–२५ र २५–१९ले हराएको थियो ।

कीर्गिस्तानले दोस्रो पटक यो उपाधि जितेको हो । यसअघि तेस्रो संस्करणको पनि उपाधि कीर्गिस्तानले जितेको थियो । उज्वेकिस्तानले भने अहिले सम्म उपाधि जित्न सकेको छैन । नेपालसहित दक्षिण एसियाका तीन टोली सहभागि भएपनि कुनै पनि टोलीले पदक जित्न सकेनन् ।

भदौ २ गते देखि सञ्चालन भएको प्रतियोगितामा आयोजक नेपालसहित सात राष्ट्रको सहभागिता थियो । तुर्केमिनिस्तानले तेस्रो स्थान प्राप्त गरेको खेलमा माल्दिभ्स चौथो, नेपाल पाँचौं, अफगानिस्तान छैटौ र बंगलादेश पुछारमा रहेको छ । सेन्ट्रल जोनको छैटौं संस्करण अर्को वर्ष बंगलादेशमा हुने एभिसीको शुक्रबार काठमाडौंमा बसेको साधारण सभाले निर्णय गरेको थियो ।

एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिप

विजेता – कीर्गिस्तान
उपविजेता– उज्वेकिस्तान
तेस्रो – तुर्केमिनिस्तान
चौथो – माल्दिभ्स
पाँचौं – नेपाल
छैटौं –अफगानिस्तान
सातौं –बंगलादेश

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes