गोरेले भने : मलाई झुण्डाएर मार्नू - Pahilo Online

गोरेले भने : मलाई झुण्डाएर मार्नू

'म यदि गल्ती भए, मैले मारेको भन्छन् भने मलाई झुण्डाएर मार्नु, मलाई अदालतमै मार्नु, उर्लाबारी लगेरै मार्नु'

writer

पहिलो अनलाइन

विराटनगर । ३८ किलो सुन तस्करी र सनम शाक्क हत्याको घटनाका मुख्य अभियुक्त भनिएका गोरेले घटना प्रमाणित भए आफूलाई झुण्ड्याएर मार्न आग्रह गरेका छन् । पक्राउ पर्नुअघि सामाजिक संजाल यु ट्युवमा सार्वजनिक भिडियोमा गोरेले आफू निर्दोश रहेको पनि बताएका छन् । उनले सनम शाक्यको हत्यामा आफ्नो संलग्ना नभएको दाबी पनि पेश गरेका छन् ।

उनकै शब्दमा बयानको पूर्ण पाठ

म चुडामणि उप्रेती ‘गोरे’

मेरो घर उर्लाबारी ।

म जन्मेको इटहरी ।

म हाल काठमाडौंमा बस्छु ।

आज जुन यो दुई तीन महिनादेखि सनम हत्याकाण्ड, ३३ किलो सुनकाण्डको चर्चा भइरहेको छ, यसमा सबै गोरे ! गोरे !! गोरे !!! भनेर जुन समाचार आइरहेको छ, यसमा म विल्कुलै निर्दोष छु ।

विगत अढाई वर्षदेखि मेरो सम्पूर्ण काम सनमले गथ्र्यो ।

जुनबेला सामान चोरी भयो, म कलकतामा थिए । मलाई थाहा थिएन, म पुगेको दिन सामान हरायो भन्ने मैले सुने । सुनिसकेपछि म आफ्नो काम सकाएर फर्किएँ ।

फर्केर खोजी कार्य भयो, एयरपोर्टका स्टाफहरुलाई बोलाएर सोधियो, खुवाइयो । यातना दिइएको थिएन, सोधीखोजी भयो । त्यसका प्रमाणहरु छन् मसँग पनि ।

खोज्दै जाँदा म पनि सायद भएको भए सनम मर्दैन थियो होला । म त्यस्तो हुन दिन्नथें । कुटपिट, झै–झगडा, खानपिन त भइरहन्थ्यो । ठाउँठाउँमा हामी जान्थ्यौं, एक अर्कामा सोधीखोजी हुन्थ्यो ।

लामो स्वास….

सनम मर्ने बेलामा उसलाई गाडीमाथि, गाडीमा राखेर उनीहरुलाई घरपरिवार हस्पिटलमा छाड्ने बेला थियो । त्यो हुन पाएन ।

अन्तिममा हामी वर थियौं, हामी त्यहाँ थिएनौं । अन्तिममा सनम म¥यो भन्ने खबर आयो । खबर आइसकेपछि हामी आत्तियौं ।

आत्तिसकेपछि अब सनमको घरपरिवारमा लास बुझाउनुपर्ने थियो, मेरो चिनजानको त्यहाँ कोही थिएन । पुलिस प्रशासन कोही पनि थिएन । मैले काठमाडौंबाट चिनेको एकजना मैले मामा भन्ने बालकृष्ण सञ्जेललाई बोलाएँ ।

त्यहाँ लेनदेनको कुरा के के आएको छ, त्यस्तो लेनदेनको कुरा केही भएको छैन । म निर्दोष छु, यसमा । कसैलाई मारेर मलाई खान आउँदैन । मेरो ब्याकग्राउण्ड राम्रै छ । मेरो क्रिमिनल केस कहिँ पनि छैन ।

म इण्डियन आर्मी हुँ । म पुलिस स्कुल नै पढेको मान्छे हुँ । मलाई आफ्नो साथीलाई मार्न आउँदैन ।

लाष्टमा ३ जना थिए त्यहाँ । मल्ल, मने र सनम थिए ।

अब सुनको राज त्यहीँ हुनुपर्छ ।

सनमलाई मारिएको छ । सनम मरेर गयो ।

त्यो यातना मैले मात्रै दिएको होइन, त्यस्तो कुटपिट झै–झगडा भइरहन्थ्यो । खोजी कार्य गरेको हो मैले । एअरपोर्टका स्टाफहरुलाई पनि बोलाएर सोधीखोजी गरें मैले ।

कसैलाई मार्ने इन्टेन्सन थिएन । मारेर खान मलाई आउँदैन ।

उर्लाबारीबासी र सनमको घरपरिवार र सम्पूर्ण नेपाली दिदी, दाजुभाई बहिनीहरु म निर्दोष छु ।

गोरे ! गोरे !! गोरे !!! भनेर दुई अढाई महिना ३ महिना भइसक्यो । मेरो चर्चा धेरै भइसक्यो । मलाई आउन मन छ । मलाई पनि नेपालमा बस्न मन छ । मेरो पनि परिवार छ ।

मलाई डर भयो, हल्ला भयो सनम म¥यो भन्ने । दोषजति मलाई लगाइयो । म चुप लागेर बसे यत्रो दिन ।

पुलिस आइसकेपछि त्यस्तो लेनदेनको कुरा केही पनि छैन । उनीहरु के कारणले फसे वा फसाए, त्यो म भन्न सक्दिन । गृह मन्त्रालय, पुलिस प्रशासन, नेपाल, नेपाली जनता सबैलाई गोरे ! गोरे ! गोरे !!! भन्ने मै हुँ, सनम हत्यामा म छैन ।

यो जुन भिडियो सार्वजनिक भएको छ, त्यो एकदिन अगाडिको भिडियो हो । लाष्टमा तीनजना थिए, मने, मल्ल र सनम । सनम मारिएको छ त्यहाँ । दोषजति मलाई खन्याइएको छ ।

उनीहरुको मलाई दबाब थियो ।

म त …म त खोजी पनि नगरुम भन्ने थियो ।

पछि १ महिना ८ दिनपछाडि सनमको गल्तीहरु भेट्टाइयो ।

भेट्टाएपछि हामी ठाउँठाउँमा गयौं ।

खायौं, बस्यौं, हिँड्यौं । एकअर्कामा त्यस्तो भइरहन्थ्यो हामीबीच । घरी उनीहरुले हान्थे, घरी अरु केटाहरुले हान्थे । म निर्दोष छु । सनम मर्ने बेलामा ३ जना थिए । मल्ल, मने र सनम थिए ।

जुन सुन, त्यो मेरो पनि होइन, त्यो अर्कैको सुन हो ।

त्यो सुनको राज खोलिन्छ या अब भेट्टियो वा त्यो उनीहरुसँगै छ । मने र मल्लसँग हुनुपर्छ राज । मसँग छैन ।

म पुसिललाई बोलाएर सनमको लास बुझाउने मान्छे हुँ । धरान पुगेपछि मलाई डर भयो, हल्ला हुन्छ भनेर । मलाई पनि मेरो ज्यानको माया छ । त्यही भएर म भागें । धेरै भयो, यो गोरे ! गोरे !! गोरे !!! भनेर ३३ किलो काण्ड ।

सम्पूर्ण दोष मलाई लगाइएको छ । यसमा म छैन । यसमा छिरिङ, भुजुङ भन्ने मान्छे छन् । उनीहरुको दबाब थियो । र, एउटा एमके भन्ने मान्छे छ र बाँकी इण्डियन मान्छेहरु छन् ।

जुन सामान आयो र निकाल्ने मान्छे पनि मर्छ, दोष मलाई नै लाउँछन्, सनम मर्छ, मलाई नै लाउँछन् । अथवा त्यो ‘एक्सिडेण्टल डेथ’ हो ।

मने र मल्ल अन्तिममा थिए । मैले पुलिस बोलाएर सनमको लास जिम्मा लाउन खोजेको हो । त्यसपछि त्यहाँ के–के भयो । मलाई केही थाहा भएन, म त्यहाँबाट भागेर हिँडेको हुँ ।

म घर आउन चाहन्छु, म नेपाल आउन चाहन्छु, म सरेण्डर हुन चाहन्छु । मसँग पनि छ सब प्रमाणहरु ।

कसैलाई मारेर खान मलाई आउँदैन । कसैलाई भनु, ज्यान मारेर पैसाले के नै हुन्छ र । कसैको ज्यान मारेर खाने म होइन ।

म १० वर्ष पुलिस बोर्डिङ पढेको हुँ । मलाई त्यहाँनेर सिकाएनन्, मान्छे मारेर खान । म आर्मी हुँ । आर्मीमा सिकिँदैन मारेर खान ।

म यदि गल्ती भए, मैले मारेको भन्छन् भने मलाई झुण्डाएर मार्नु, मलाई अदालतमै मार्नु, उर्लाबारी लगेरै मार्नु ।

मेरो गल्ती छैन् । लाष्टमा ३ जना थिए ।

हामी वर थियौं, एक्कासी म¥यो भन्ने खबर आउँछ । खबर आइसकेपछि लास व्यवस्थापन गर्न मैले पुलिस प्रशासन बोलाएको हो । त्यसपछि मलाई के–के भयो केही पनि थाहा छैन ।

त्यसपछि अहिलेसम्म ३३ किलो काण्डमा सबै मेरो परिवार, म मेरा मामा सबैलाई मुछिएको छ, यस्तो नहोस् । म सरेण्डर गर्न चाहन्छु । म निर्दोष छु ।

मलाई पनि दबाब थियो, खोजेर लेरआइज होइन भने पैसा तिर भन्ने । त्यत्रो पैसा कहाँबाट लेराउने मसँग छैन ।

सनमले २ अढाई वर्षदेखि हिसाबकिताब उही हेर्ने उही राख्ने गर्दथ्यो । अगाडिको ३३ किलो काण्डदेखि, जुन त्यो मेरो होइन, त्यसमा पनि मलाई मुछिएको छ । त्यो अर्कैको हो । मलाई फसाइएको छ । म फसेको छु ।

म, मेरो परिवार, हामी सबै बाँडेर, बाँडीचुँडी खाने मान्छे हो । कसैलाई मारेर मलाई खान आउँदैन । म निर्दोष छु । मेरो जीवनको पनि रक्षा होस् ।

यत्रो धेरै ईस्यु भएको छ, किनकी त्यहाँ मने भन्ने मान्छे छ, मल्ल भन्ने मान्छे छ । उनीहरुले त्यहाँ फोटो खिचेका छन्, भिडियो राखेका छन् । मलाई मात्रै देखाइएको छ, फसाइएको छ । यस्तो नहोस् ।

र, मेरो गल्ती छ भने मलाई मार्नु, मलाई ढुंगाले हान्नु, उर्लाबारीबासीले, कानुनले, पुलिस प्रशासनले, सबैले । मलाई मारेर खान आउँदैन ।

जुन भिडियो देखाइएको छ, त्यो एकदिन अगाडिको भिडियो हो, त्यसमा पनि मलाई मात्रै देखाइएको छ ।

यही हो ….३३ किलो काण्डको दोषी म होइन । म निर्दोष छु, मलाई फसाइएको छ । मलाई दबाब छ ।

म आफ्नै ज्यानको सुरक्षा खोजिरहेको छु । सुरक्षा हुने ठाउँमा म सरेण्डर खोजिरहेको छु । कसैलाई मारेर खान मलाई आउँदैन । यति भन्दै मेरो दुई शब्द यहाँ राख्न चाहन्छु ।

खबरडबलीबाट साभार

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes