सम्भावना र चुनौतीको भुमरीमा कम्यूनिष्ट एकता - Pahilo Online

सम्भावना र चुनौतीको भुमरीमा कम्यूनिष्ट एकता

यो एकता र बहुमतको दम्भ र घमण्डले फुलेर ठालू पल्टने र पूँजीपन्थी एवं गैर सर्वाहारावादी लम्पट संस्कृतिको विकास गर्ने हो भने यो ठूलो चुनौति मात्र होइन कि यस एकताका नायकहरुले चौचेस्को र गोर्वाचोवको हालत भोग्न कुनै आइतवार पर्खिनु पर्दैन।

writer

नारायण निरौला

पच्चिस वर्ष देखि जेष्ठ ३ मदन भण्डारी को दुःखद अमानवीय हत्या भएको दिनको रुपमा नेपाली जनताले स्मरण गर्दै आएकाछन्। उहाँको यहि अवसान दिवश पारेर नेकपा माओवादी केन्द्र र नेकपा (एमाले)बिच एकिकरण भएको छ । अब उप्रान्त नेपाली कम्यूनिष्ट आन्दोलनमा कुनै पनि दाहिने वा देब्रे कोणबाट पूच्छर झुण्ड्याइने छैन भन्दै नेपालमा २००६ सालमा कमरेड पुष्पलाल द्वारा नेतृत्व गरिएको कम्यूनिष्ट पार्टी ‘नेपाल कम्यूनिष्ट पार्टी’ नामको पार्टी पुनरगठन गरिएको छ ।

वास्तवमा वि.सं. २०१९ मा तत्कालिन महासचिव केसरजङ्ग रायमाझीले आन्दोलनलाई राजदरवारमा लगेर आत्मसमर्पण गराएर गद्दारी गरे पछि नेपाली कम्यूनिष्ट आन्दोलनमा गुट र फुटको श्रीगणेश भएको हो। हुनत वि.सं. २०१२ मा पनि मनमोहन अधिकारीले सम्बैधानिक राजतन्त्र मान्ने सर्तमा कम्यूनिष्ट पार्टी माथिको प्रतिबन्ध फुकाएका थिए।यसरी हेर्ने हो भने नेपाली कम्यूनिष्ट आन्दोलन मनमोहन अधिकारी कै नेतृत्व देखि दायाँबायाँ मोडिएको इतिहासको दृष्टान्त पनि हो।तर पछिल्लो बाजी झापा संघर्षका नायकहरुसंग हात मिलाइसकेपछि मनमोहन अधिकारी माथि लागेको कलङ्क मेट्टिए जत्तिकै भयो।

नारायण निरौला

चिनीया क्रान्तिका नायक माओत्सेतुङको कार्यनीति नयाँ जनवादलाई नेपाली क्रान्तिको कार्यक्रमका रुपमा अघि बढाउँदै कमरेड पुष्पलालले शंश्लेषणात्मक कार्यनीति तयार पार्नुभयो जो नेपाली नयाँ जनवादी क्रान्तिको कार्यक्रम भनी बहुचर्चित छ।तर उक्त कार्यनीतिलाई कार्यान्वयन गर्नगराउन कस्तो कार्यशैली अपनाउने भन्ने विषय गम्भिर छलफलको मस्यौदा हुन पुग्यो। वि.सं. २००७ सालको जनआन्दोलनले राणा शासनको अन्त्य भयो। त्यस बेलाको आन्दोलनले सम्बिधानसभाको कार्यक्रम अघि सारेको थियो।सम्विधानसभाको निर्वाचन पछि देशमा नयाँ सम्बिधान अनुसार राज्य ब्यवस्था र संरचनाको निर्माण गरिने छ भनी तत्कालिन राजा त्रिभूवन, आन्दोलनकारी र नेहरु बिचमा सहमति समेत भएको थियो।यस्तो सहमति भएता पनि सहमती अनुसार नचली त्रिभूवनका पुत्र महेन्द्रले वि.सं. २०१५ सालमा संसदको निर्वाचन गराए।तर संसद निर्वाचन भाको डेढवर्ष पुग्दानपुग्दै उनले दलहरु माथि प्रतिबन्ध लगाउँदै निर्वाचित प्रधानमन्त्री बीपी कोइराला र थुप्रै नेताहरुलाई जेल हाले।यसको साथै २०१७ साल पौष १ गते निर्दलीय पञ्चायती ब्यवस्था लागू भएको घोषणा गरे।सबै दलहरु प्रतिबन्धित भए।

कमरेड पुष्पलालले नेपाली बुर्जवा वर्गसहितको (अर्थात नेपाली काँग्रेस सहित) शान्तिपूर्ण आन्दोलन अगडि बढाउँदै सर्व प्रथम निर्दलीय पञ्चायती ब्यवस्था बिरुद्ध प्रहार केन्द्रित गर्नुपर्छ भनी प्रस्ताव गर्नुभयो।तर पार्टीका कतिपय नेताहरु सँग उहाँको विचार बाझिन पुग्यो र फेरी पार्टी फुट्यो।कत्तिले त गद्दार पुष्पलाल भनी पुस्तक नै लेखे। पुष्पलाल सँग वैचारिक अन्तरविरोध चर्के पछि मनमोहनले पूर्व कोशी प्रान्तीय कमिटी गठन गरे।त्यहाँ पनि वैचारिक अन्तरविरोध भएर २०२८ सालमा कमरेड मोहन चन्द्र अधिकारीको नेतृत्वमा झापा विद्रोह भयो। यसरी २०१९ सालमा तेश्रो महाधिवेशन पछि पार्टी विभाजन हुँदै गयो।

जेलमा रहेका मोहनविक्रमले सिंह जेलबाट छुटे पछि गोरखपुर गई वि.सं. २०३१ सालमा चौथो महाधिवेशन गरे र नेकपा चौम भनी गठन गरे।पछि यहि समुह मसाल ,मशाल एके आदि समुहमा बिभाजित हुनपुग्यो।एके को एउटा समुहले जनयुद्धको घोषणा ग(यो कालानतरमा यो समुह नेकपा माओवादी भनेर चिनियो।दश वर्षको भिषण संघर्षले देशमा ठूलो क्रान्तिकारी रुपान्तरण ल्यायो।यो बीचमा कहिले बापबैरी त कहिले साथसहयोगीका रुपमा रहँदै आएका यी चौम र झापाली स्कूलिङका दुई ठूला दल देश र जनताको हितमा भन्दै एकिकरण भएकाछन्।यस एकताका नायकले अब देश समाजवाद तर्फ उन्मुख भो भनेर पनि घोषणा गरेकाछन्।देशको राष्ट्रिय उत्पादन र वितरण सम्बन्धलाई नतोडी र वर्गीय संरचनामा पनि फेरबदल नआई समाजवाद कताबाट पलाउने हो त्यो त हेर्न बाँकी नै छ। यसका साथै माओवादी विचार एवं जनयुद्ध सहकर्मीका र झापा आन्दोलनका धेरै समुह अझै क्रियाशिल छन्।

उनीहरु संसदमा नरहेपनि प्रभावकारी रुपमै देखिन्छन्।अहिले नै एकता र टुटफुटको श्रृङ्खला टुङ्गियो भन्नु पनि हतारो झैँ हुन सक्छ। ‘हरेक परिस्थितिले सम्भावना र चुनौति सँगसँगै लिएर आएको हुन्छ’ माओको यो युक्ति यो एकतामा पनि लागू हुन्छ।यदि यो एकताले देशमा शान्ति,सम्वृद्धि र स्थाइत्वलाई मुर्त रुप दिन सके यो ठूलो अवसर का रुपमा प्रयोग भएको मानिने छ। साथै यी दुवै स्कूलिङमा विचार नमिलेका समुहहरु पनि नजिकिदै जानेछन्। तर यो एकता र बहुमतको दम्भ र घमण्डले फुलेर ठालू पल्टने र पूँजीपन्थी एवं गैर सर्वाहारावादी लम्पट संस्कृतिको विकास गर्ने हो भने यो ठूलो चुनौति मात्र होइन कि यस एकताका नायकहरुले चौचेस्को र गोर्वाचोवको हालत भोग्न कुनै आइतवार पर्खिनु पर्दैन । सबैमा चेतना भया ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes