अब घरमै बसिबसी कर तिरौं - Pahilo Online

अब घरमै बसिबसी कर तिरौं

writer

पहिलो अनलाइन

विराटनगर । राजस्वमा इ–पेमेन्ट (विद्युतीय भुक्तानी) बुधबारदेखि सुरु भएको छ । वैशाख १ गते सुरु गर्ने तयारी गरिए पनि आवश्यक कार्यविधि पास नहुँदा १२ दिन ढिला गरी राजस्व विद्युतीय भुक्तानी सुरु गर्न लागिएको हो ।

बुधबार बिहान साढे १० बजे अर्थमन्त्रालयमा ई–पेमेन्टको लागि मिलाएको ‘सर्भर’ अर्थमन्त्री डा. युवराज खतिवडाले सुरु गर्नुभएको हो ।

महालेखा नियन्त्रणको कार्यालयले करदाता सेवा कार्यालय ठमेलबाट विद्युतीय भुक्तानी सुरु गर्ने भएको छ ।

बुधबारबाट ठमेल करदाता सेवा कार्यालयमा कर तिर्ने करदाताले विद्युतीय भुक्तानी गर्न पाउने छन् । साउनसम्ममा सबै करदाता कार्यालयमा विद्युतीय भुक्तानी गर्ने तयारी महालेखा नियन्त्रण कार्यालयको छ । खतिवडा अर्थमन्त्री बनेपछि पहिलो निर्णयको रूपमा सरकारको आम्दानी र खर्चमा विद्युतीय प्रणाली ई–पेमेन्ट लागू गर्ने निर्णय गर्नुभएको थियो ।

पहिलो चरणमा निश्चित कार्यलयका करदातालाई ई–पेमेन्ट गराउने र साउनदेखि सबैलाई ई–पेमेन्ट लगाउने गरी तयारी गरिएका महालेखाका अधिकारीले बताउनु भयो ।

नेपाल किलियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको समन्वयमा महालेखा नियन्त्रणको कार्यालयले राजस्वमा ई–पेमेन्ट सुरु गर्न थालेको हो । अहिलेसम्म नेपाल ७४ वटा वित्तीय संस्थाले अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (आईपीएस) सेवा सञ्चालन गरेकोमा साउनदेखि यी सबै बैंहरूबाट यो राजस्व तिर्ने मिल्ने व्यवस्था गर्न सकिने बताइएको छ । अहिले भने ६ वटा बैंकमार्फत यो व्यवस्था मिलाइएको छ ।

करदातालाई सहज ई–पेमेन्ट लागू भएपछि पारदर्शिता र करदातालाई सहज हुनेछ । अहिले करदाताले कार्यालय खुलेको समयमा लाइनमा बसेर भौचर भरेर मात्रै कर बुझाउन पाएका छन् । अब भने यी करदाताले घरमै बसेर आफ्नो कर तिर्न सक्नेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes