प्रदेश सरकारले लगायो फेसबुकमा प्रतिबन्ध - Pahilo Online

प्रदेश सरकारले लगायो फेसबुकमा प्रतिबन्ध

writer

पहिलो अनलाइन

सुर्खेत । सामाजिक सञ्जालको कारण जनताको काम प्रभावित भएको ठहर गर्दै कर्णाली प्रदेश सरकारले फेसबुक चलाउन प्रतिवन्ध लगाउने भएको छ।

कर्मचारीहरु जनताको काममा भन्दा फेसबुकमा व्यस्त हुन थालेपछि प्रदेश सरकारले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।

पहिलो चरणमा प्रदेश सरकारका सबै मन्त्रालयमा मंगलबारदेखि फेसबुक चलाउन पाइने छैन । सरकारी कार्यालय हाताभित्र सरकारी समयमा फेसबुकमाथि प्रतिवन्ध लगाइएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । विस्तारै प्रदेशभरीका सबै सरकारी कार्यालयमा यसलाई कार्यान्वयन गर्ने उहाँको भनाइ छ ।

सरकारका विभिन्न क्षेत्रीय तथा जिल्ला कार्यालयहरु प्रदेश सरकार मातहत नआएकाले तत्कालका लागि मन्त्रालयहरुमा मात्रै कार्यालय समयमा फेसबुक चलाउन रोक लगाईएको हो । फेसबुक चलाउने समय कर्मचारीहरुले जनता र प्रदेशको समृद्धि र विकासका लागि काम गरुन भनेर यस्तो नियम लागू गरेको मुख्यमन्त्री शाहीको भनाइ छ ।

आइतबार इन्टरनेट सेवा प्रदायक संस्थाहरुसँग मुख्यमन्त्री शाहीले फेसबुकमा प्रतिवन्ध लगाउने विषयमा छलफल गर्नुभएको थियो । सुर्खेतमा सरकारी स्वामित्वको नेपाल टेलिकमसहित वल्र्डलिङ्क, सुविसु, टेक माइण्ड र सुर्खेत केवल नेटले इन्टरनेट सेवा प्रदान गर्दै आइरहेका छन् ।

कार्यालय समयभित्र फेसबुक बन्द गर्ने विषयमा मुख्यमन्त्रीज्यूले छलफल गर्नुभएको वल्र्डलिङ्कका सुर्खेत प्रमुख नवराज पंगालीले बताउनुभयो । सरकारले मागेअनुसार सहयोग गर्ने प्रतिबद्धता आपूmहरुले जनाएको उहाँको भनाइ छ ।

प्रदेश सरकारले सोमबार औपचारिक रुपमा फेसबुक नचल्ने बनाउनका लागि पत्र पठाउने छ । पत्रका आधारमा मंगलबारदेखि प्रदेश मन्त्रालयहरुमा विहान १० बजेदेखि बेलुका ५ बजेसम्म फेसबुक नचल्ने बनाइनेछ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes