काम धेरै गर्नुहुन्छ ? होसियार ! सजाय भोग्नुपर्ला - Pahilo Online

काम धेरै गर्नुहुन्छ ? होसियार ! सजाय भोग्नुपर्ला

writer

पहिलो अनलाइन

कुनैपनि कामदारले कार्यक्षेत्रमा जति धेरै काम गर्यो उति नै धेरै मालिकको प्यारो हुनुपर्ने हो । तर एकजना कामदार भने आवश्यकता भन्दा बढी काम गर्दा दण्डित भएका छन् ।

घटना फ्रान्सको हो । फ्रान्समा हरेक कामकाजी मानिसले हप्तामा एक दिन विदा लिनै पर्दछ । यदि आफ्नै व्यवसाय छ भने पनि यो नियम लागू हुन्छ ।

राजधानी पेरिसको १२० माइल दक्षिण पूर्वमा पर्ने लेक बेकी क्षेत्रमा उनले बेकरी पसल सञ्चालन गरेका छन् ।यही नियम नमान्दा आफ्नै बेकरी पसल चलाएका सेडरिक भाइव्रेले साढे ३ लाख रुपैयाँ भन्दा धेरै रकम बराबरको जरिवाना तिर्नुपरेको छ ।

समर सुरु हुनैलाग्दा बेकरीमा डिमान्ड उच्च भएपछि माग पूर्ति गर्नका लागि उनले हप्तामा सातै दिन लगातार काम गरे । तर स्थानीय श्रम कानूनले उनलाई पक्रियो । कामदारमाथि शोषण गरेको भन्दै बेकरीहरुविरुद्ध स्थानीय प्रशासन कडा रुपमा प्रस्तुत भइरहेको प्रशासनले सेडरिकमाथि ३ हजार युरो जरिवाना गरेको छ ।

आफूमाथि कारवाही हुँदा सेडरिक त चिन्तित छन् नै यसले हरेक बिहान ताजा बेकरी खान पाएका गाउँलेहरु पनि आक्रोशित बनेका छन् । उनीहरुले सेडरिकमाथिको कारवाही फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन गरिरहेका छन् ।

– एजेन्सी

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes