भोटेकोशी बाढी पिडितका लागि पथरीका व्यवसायी उमेश विष्टको १ लाख ११ हजार १११ रुपैयाँ सहयोग - Pahilo Online

भोटेकोशी बाढी पिडितका लागि पथरीका व्यवसायी उमेश विष्टको १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

writer

पहिलो अनलाइन

पथरी । विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहतका लागि मोरङ पथरीशनिश्चरेका व्यवसायी उमेश विष्टले १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।

बाढीले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुऱ्याउनुका साथै धेरै परिवारलाई विस्थापित बनाएको बेला व्यवसायी विष्टले आफ्नो व्यवसाय पथरी हार्डवेयरको तर्फबाट उक्त सहयोग उपलब्ध गराएका हुन्।

हालै आएको विनाशकारी बाढीबाट प्रभावित तथा विस्थापित परिवारलाई राहत पुगोस भन्ने उद्देश्यले सहयोग गरिएको विष्टले बताए । ‘प्राकृतिक विपत्तिको समयमा नागरिक तथा सरकारलाई सहयोग गर्ने हाम्रो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम उपलब्ध गराएको हो’– विष्टले भने ।
बाढीले प्रभावित क्षेत्रमा जनजीवन अस्तव्यस्त बनाएको छ भने धेरै परिवार घरबार छाडेर सुरक्षित स्थानमा बस्न बाध्य भएका छन् ।

विष्टले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्रिय वाणिज्य बैंक मार्फत उक्त रकम जम्मा गरेका हुन् ।

गत भदौ १० गते भोटेकोशी नदी बेसिनमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, चितवन र गोरखालगायत जिल्लामा ठूलो जनधनको क्षति पुऱ्याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोसी बाढीले बगाएकामध्ये अहिलेसम्म ९८७ जनाको शव फेला परेको छ।

आज मंगलबार बिहान ९ बजेसम्मको विवरणअनुसार अझै ३ हजार ९१६ जना बेपत्ता छन्। प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत र पुनर्स्थापनाका काम जारी छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles