हरियाली सामुदायिक वनमा ‘खाजा घर’ सञ्चालनमा - Pahilo Online

हरियाली सामुदायिक वनमा ‘खाजा घर’ सञ्चालनमा

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे । पथरी शनिश्चरे–२ स्थित हरियाली सामुदायिक वन परिसरमा निर्माणाधीन नेपाल आकृतिको पोखरी नजिकै ‘तिम्मा सायाचुङ खाजा घर’ सञ्चालनमा आएको छ।
स्थानीय व्यवसायी सञ्जय राई र अस्मिता राईले सञ्चालनमा ल्याएको खाजा घरको सोमबार स्थानीय समाजसेवी बाबुराम राई र पत्रकार अर्जुन जम्नेली राईले रिबन काटेर उद्घाटन गर्नुभयो।
खाजा घरमा अन्य स्थानको तुलनामा सुलभ दरमा गुणस्तरीय तथा स्वादिष्ट विभिन्न परिकारका खाजा उपलब्ध गराइने सञ्चालक अस्मिता राईले जानकारी दिनुभयो।
प्राकृतिक हरियाली र शान्त तथा मनोरम वातावरणमा सञ्चालनमा आएको खाजा घरले वन क्षेत्रमा घुम्न आउने आगन्तुक तथा स्थानीयलाई सहज रूपमा खानपानको सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
उद्घाटनका क्रममा समाजसेवी बाबुराम राईले प्राकृतिक सौन्दर्यले भरिपूर्ण हरियाली सामुदायिक वन क्षेत्रमा यस्ता व्यवसाय सञ्चालन हुँदा आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताउनुभयो।
वनको हरियाली वातावरण, आकर्षक बाँसका संरचना र निर्माणाधीन नेपाल आकृतिको पोखरीसँगै ‘तिम्मा सायाचुङ खाजा घर’ यस क्षेत्रको नयाँ आकर्षणका रूपमा विकसित हुने अपेक्षा गरिएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles