तार व्यवस्थापन गरी पथरीशनिश्चरे १ लाई सुन्दर वडा बनाइने - Pahilo Online

तार व्यवस्थापन गरी पथरीशनिश्चरे १ लाई सुन्दर वडा बनाइने

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिका वडा नं. १ ले आफ्नो क्षेत्राधिकारभित्र रहेका विभिन्न सेवा प्रदायक कम्पनीका अव्यवस्थित तारलाई व्यवस्थापन गरी वडा क्षेत्रलाई सुरक्षित, व्यवस्थित र सुन्दर बनाउने अभियान सुरु गरेको छ ।
सोमबार वडा नं. १ का वडाध्यक्ष भीम राईको संयोजकत्व तथा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको विशेष उपस्थितिमा पथरी बजार क्षेत्रमा सञ्चालित विभिन्न इन्टरनेट तथा सञ्चार सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरूसँग छलफल कार्यक्रम सम्पन्न भएको हो ।
छलफलमा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, उद्योगी–व्यवसायी, युवा समाजसेवी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । बजार क्षेत्रमा जथाभावी रूपमा रहेका तारका कारण सौन्दर्यमा असर पर्नुका साथै सुरक्षा जोखिमसमेत बढ्दै गएको विषयमा छलफल गर्दै तार व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा सहमति गरिएको थियो ।
कार्यक्रममा सहभागीहरूले सेवा प्रदायक कम्पनीहरूले आफ्ना तारलाई मापदण्डअनुसार व्यवस्थित गर्ने, आवश्यक समन्वय गर्दै बजार क्षेत्रलाई सुरक्षित र आकर्षक बनाउने तथा आगामी दिनमा एकीकृत रूपमा तार व्यवस्थापन अभियान सञ्चालन गर्ने विषयमा विभिन्न निर्णयहरू गरेका छन् ।
वडाध्यक्ष भीम राईले वडा कार्यालयले सरोकारवाला सबै पक्षसँग समन्वय गर्दै बजार क्षेत्रलाई व्यवस्थित, सुरक्षित र सुन्दर बनाउने अभियानलाई निरन्तर अघि बढाउने बताउनुभयो। नगर प्रमुख मोहन प्रसाद तुम्वापोले पनि नगरको सौन्दर्य अभिवृद्धि र सुरक्षित पूर्वाधार निर्माणका लागि सबै सेवा प्रदायक कम्पनीहरूको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै निर्णय कार्यान्वयनमा प्रतिबद्ध हुन आग्रह गर्नुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles