पथरीमा तीनदिने विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम सम्पन्न - Pahilo Online

पथरीमा तीनदिने विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम सम्पन्न

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकामा तीनदिने ‘विद्यार्थी प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम–२०८२’ भव्य रूपमा सम्पन्न भएको छ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित कार्यक्रम पञ्चायत माध्यमिक विद्यालयको संयोजनमा फागुन २९ गतेदेखि चैत १ गतेसम्म सञ्चालन गरिएको थियो। कार्यक्रममा शैक्षिक वर्ष २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्नुका साथै विभिन्न विधामा प्रतियोगिताहरू आयोजना गरिएको थियो।

आधारभूत तथा माध्यमिक तहका विद्यार्थीहरूका लागि एकल गायन, नृत्य, चित्रकला, हस्तलेखन, हिज्जे प्रतियोगिता तथा विज्ञान प्रदर्शनी जस्ता गतिविधि सञ्चालन गरिएको शिक्षा शाखा प्रमुख नवीन खुलाल बुढाथोकीले जानकारी दिनुभयो।

अन्तिम दिन जुनियरतर्फको नृत्य प्रतियोगितामा हिरक आधारभूत विद्यालयका छेवाङ दोर्जे तामाङ प्रथम, स्मार्ट मन्टेश्वरी स्कुलकी साङ्गी श्रेष्ठ दोस्रो र रेडस्टार माविकी विनिशा माझी तेस्रो भए। माध्यमिक तह नृत्यतर्फ पञ्चायत माविकी सुजता घिसिङ प्रथम, वाल्मीकि माविकी जेनिशा तामाङ दोस्रो र रेडस्टारकी पार्वती गुरुङ तेस्रो भइन्।

गायनतर्फ माध्यमिक तहमा रेडस्टारका रिक्जन दर्नाल प्रथम, सिंहवाहिनीका अदित राई दोस्रो तथा प्यागोडाकी शिका अधिकारी तेस्रो भए। आधारभूत तह गायनमा रेडस्टारका निश्चल लिम्बू प्रथम, पञ्चायतका आदर्श धिताल दोस्रो र एभरेष्टकी ओशियन सेन्चुरी तेस्रो भए।

चित्रकलातर्फ माध्यमिक तहमा पञ्चायतकी सलिना माझी प्रथम, एभरेष्टकी स्नेहा वनेम दोस्रो र भूपू सैनिकका प्रजल राउत तेस्रो भए। आधारभूत तह चित्रकलामा वाल्मीकि माविकी आयुस्मा लिम्बु प्रथम, ग्रेटग्रेस बोर्डिङका नरेन लिम्बु दोस्रो र रेडस्टारकी अस्मी बराइली तेस्रो भए।

विज्ञान प्रदर्शनीतर्फ बुद्ध मावि प्रथम, पञ्चायत माध्यमिक विद्यालय दोस्रो तथा रेडस्टार र भूपू सैनिक मावि संयुक्त रूपमा तेस्रो भएका छन् भने एभरेष्ट अंग्रेजी बोर्डिङ स्कुलले सान्त्वना स्थान प्राप्त गरेको छ।

विजेता विद्यार्थीहरूलाई अतिथिहरूले नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए। उद्घाटनकै दिन उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रम पञ्चायत मावि व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटाको अध्यक्षता तथा नगर प्रमुख मोहन प्रसाद तुम्बापोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न वडाध्यक्ष, शिक्षा तथा स्वास्थ्य क्षेत्रका प्रतिनिधि, शिक्षक, विद्यार्थी र सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

नगरपालिकाले विद्यार्थीहरूको प्रतिभा पहिचान र प्रोत्साहनका लागि यस्ता प्रतियोगितात्मक कार्यक्रमहरू विगत वर्षदेखि नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles