लकडाउन २५ वैशाखसम्म थपियो - Pahilo Online

लकडाउन २५ वैशाखसम्म थपियो

writer

काठमाडौं । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो ।
तर, कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाबाट २८ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् भने दुई लाख बढीले ज्यान गुमाइसकेका छन्। नेपालमा पनि संक्रमितको संख्या ५२ पुगेको छ। १६ जना भने निको भएका छन्। अन्य संक्रमितको विभिन्न अस्पतालमा उपचार भइराखेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles