साना किसान सहकारी संस्था को साधारणसभा - Pahilo Online

साना किसान सहकारी संस्था को साधारणसभा

writer

बाबुराम मुडियारी 

मोरङ/ मोरङको ग्रामथान गाउँपालिका झोराहाट स्थित साना किसान सहकारी संस्था लिमिटेड को २७औं साधारणसभा हिजो  शनिबार सम्पन्न भएको छ। यस सहकारी संस्था ले ९६ लाख ८६ हजार १ सय ८४ रूपैयाँ आम्दानी गरेको छ।

सहकारीमा १४० समुह रहेको छ। सदस्य संख्या ५ सय २५ रहेको छ।यस सहकारी ले समुह बचत, व्यक्तिगत बचत, दैनिक बचत लगायतका बचत खाता संचालन गरेको छ। सहकारी ले सहकारीका सदस्यहरू लाई स्वाबलम्बन कर्जा १० प्रतिशत, पशुपालन कर्जा ७ प्रतिशत,लधु कर्जा १३ प्रतिशत, तरकारी खेती कर्जा ७ प्रतिशत  लगायत कर्जामा ऋण लगानी गरिरहेको छ।

सहकारी संस्था २०३९ सालदेखि नै ५ रुपैयाँ बचत गर्न सिकाउने झोराहाटको पहिलो सहकारी संस्था हो। यस सहकारी संस्थाले   २०४३ साल देखि कृषि विकास बैंकको आयोजना हुदै २०५४ देखि सहकारी संस्थामा आवद्ध भई हाल सम्म बिषेश गरी महिला हरुलाई सहभागी गराई यस सहकारी संस्थाले कारोबार गरिरहेको सहकारी संस्था हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles