रेडस्टार फेरि पनि बन्यो कक्षा १२ काे नतिजामा पथरीशनिश्चरेमै सर्वाेत्कृष्ट - Pahilo Online

रेडस्टार फेरि पनि बन्यो कक्षा १२ काे नतिजामा पथरीशनिश्चरेमै सर्वाेत्कृष्ट

writer

छविराज ढकाल

पथरी शनिश्चरे / पूर्वी मोरङको पथरीशनिश्चरे -० २ मा रहेको रेडस्टार माध्यमिक विद्यालयले फेरि पनि पथरीशनिश्चरे नगरमै सर्वोत्कृष्ट नतिजा हासिल गरेको छ।

शुक्रवार प्रकाशित कक्षा १२ ( एस एल सी) को नतिजाअनुसार नगरमै व्यवस्थापन,बिज्ञान समूह लगायत सबै समूह मध्येंबाट सर्वोत्कृष्ट हुँदै रेडस्टार मा.वि.की मनिता कार्कीले ३.८० जि.पि.ए. ल्याउन सफल भएकी हुन्।

उनीसंगैं सोहि विद्यालयकी प्रजिला निरौलाले ३. ७२ जिपिए हासिल गरेकी छिन् भने खुस्बु लिम्बुले ३.६१ जिपीए , मनिसा राई र सुष्मिता खड्का दुवैले ३.६० जिपीए हासिल गरेका छन्। गत वर्ष यसै विद्यालयका विपिन पोख्रेलले ३.८१ जिपीए हासिल गर्दै कोशी प्रदेशकै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका थिए।

पछिल्लो समयमा एक पछि अर्काे सफलताको शिखर चुम्दै आएको रेडस्टार माविका सतिश आचार्य र अजय लिम्बुले पनि यसै वर्ष २०८१ को एसईई परीक्षामा ४ – ४ जिपिए सहित प्रदेशको राजधानी विराटनगर बाहिर उत्कृष्ट रिजल्ट ल्याउन सफल भएका थिए।

राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा सञ्चालित कक्षा १२ को वार्षिक परिक्षामा व्यवस्थापन संकाय तर्फबाट विगत ६ वर्षदेखि निरन्तर रूपमा पथरीशनिश्चरे नगरपालिकामा सर्वोत्कृष्ट र प्रदेशमा उत्कृष्ट नतिजा हासिल गर्दै आईरहेको विद्यालयका निर्देशक तथा प्रिन्सिपल टिएन तिम्सिनाले जानकारी दिनुभयो।

मा प्रकाशित

1 thought on “रेडस्टार फेरि पनि बन्यो कक्षा १२ काे नतिजामा पथरीशनिश्चरेमै सर्वाेत्कृष्ट

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles