खेलकुद महोत्सव अन्तर्गत युनिटी सेमिफाइनल प्रवेश - Pahilo Online

खेलकुद महोत्सव अन्तर्गत युनिटी सेमिफाइनल प्रवेश

writer

पहिलो अनलाइन

पथरी । पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८० अन्तर्गत आज भएको फुटबल खेलमा युनिटी स्पोर्टस् क्लब किर्तिपुर सेमिफाइनल प्रवेश गरेको छ । युनिटीले राइजिङ स्टार फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

युनिटीका निरोज धिमालले एक्लैले खेलको २२ औं र ३० औं मिनेटमा गोल गरेका थिए । खेलको पहिलो हाफ राम्रो खेल पस्कन नसकेको राइजिङले दोस्रो हाफमा भने राम्रै खेल प्रदर्शन गरेको थियो । तर, पास मिलाए पनि फिनिसिङ दिन नसक्दा राइजिङले पराजय भोग्नुप¥यो । खेलको म्यान अफ द म्याच विजेता टिमको रोहन लिम्बु घोषित भए ।

लिम्बुलाई नगरपालिकाका लेखा अधिकृत पिताम्बर वस्तीले नगद रु. २ हजार र ट्रफी प्रदान गरेका । पथरी शनिश्चरे नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको भोलिको खेल कल्याण एफ.सी. र देविगन्ज एफ.सी. बीच हुने संयोजक दीपक राईले जानकारी गराउनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes