दक्ष जनशक्ति उत्पादन गर्दै प्याराडाइज इंग्लिस बोर्डिङ स्कुल - Pahilo Online

दक्ष जनशक्ति उत्पादन गर्दै प्याराडाइज इंग्लिस बोर्डिङ स्कुल

writer

पहिलो अनलाइन

विक्रम संवत २०५९ सालमा प्याराडाइज इंग्लिस बोर्डिङ स्कुल तथा ज्ञान ज्योति इंग्लिस बोर्डिङ स्कुल एक भई विधिवत रुपमा कम्पनी ऐनमा दर्ता भएर विक्रम संवत् २०६० सालमा तत्कालिन जिल्ला शिक्षा कार्यालय मोरङबाट अनुमति प्राप्त भई सञ्चालनमा आएको हो ।

यस विद्यालयका संस्थापकहरु छविन्द्रमान सिंह कार्की र टेकबहादुर मगर हुनुहुन्छ । यस विद्यालयको पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु क्रमशः प्रकाश कार्की, एकराज निरौला, निलमकुमार ओझा र सोमनाथ भट्टराई रहनुभएको थियो । हाल यस विद्यालयका व्यवस्थापन समिति अध्यक्ष एवं निर्देशक सुरेन्द्र लिम्बू हुनुहुन्छ ।

प्रथम पटक २०६७ सालमा एसएलसीमा सहभागि भएको यस विद्यालयले डिस्टिङसन सहित सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएको र त्यसयता निरन्तररुपमा उत्कृष्ट नतिजा ल्याई यसक्षेत्रकै नाम राख्न सफल भएको छ । हालसम्म यस विद्यालयबाट २ सय जना विद्यार्थीहरुले एसएलसी तथा एसइइ पास गरी उच्च शिक्षा अध्ययन गरिरहेका छन् । त्यतिमात्र हैन, यस विद्यालयबाट उत्पादित विद्यार्थीहरु मध्ये केहीले लोकसेवाको परीक्षा पास गरी सरकारी सेवामा, केही युरोप, अमेरिका, अष्ट्रेलियालगायतका विकसीत मुलुकमा गई अध्ययन गरिरहेका छन् । यस विद्यालयबाट उत्पादिन केही विद्यार्थीहरु नेपालका प्रतिष्ठीत कलेजहरुमा अध्ययन गरिरहेका छन् । हाल यस विद्यालयमा ५ सय १३ जना विद्यार्थीहरु अध्ययनरत छन् भनें ३० जना शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् ।

प्रविधिमैत्री, गुणस्तरीयता, बालमैत्री, भयरहित सिकाई तथा बाल मनोविज्ञानमा आधारित शिक्षा यस विद्यालयको विशेषता हो । नविनतम शैक्षिक पद्धतीमा आधारित प्रविधियुक्त शिक्षा दिने यस विद्यालयको उद्देश्य रहेको छ । जसले गर्दा राष्ट्र तथा अन्तराष्ट्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने समेत यस विद्यालयको उद्देश्य हो ।

स्वच्छ, शान्त र कोलाहल रहित वातावरणमा शिक्षण गरिने यस विद्यालयमा पर्याप्त कक्षा कोठाहरु, प्रशासनिक कोठा, कार्यक्रम गर्ने हल, कम्प्युटर ल्याव, प्रोजेक्टर, पुस्तकालय, विज्ञान प्रयोगशाला, स्टोर कोठा सहित जम्मा ३१ वटा कोठाहरु रहेका छन् । त्यसैगरी, खाजाको लागि चमेना गृह, २ वटा स्कुल बस, स्वच्छ खाने पानीको लागि फिल्टर सहितको ट्याङ्की, २ वटा विद्युतीय जेनेरेटर समेत रहेका छन् ।
भौतिक तथा शैक्षिक व्यवस्थापन अन्तरगत नै २२ वटा कम्प्युटर, ४ वटा प्रिन्टर, ५२ वटा पंखा, आवश्यक मात्रामा दराज, टेबल, कुर्सी र अन्य सामग्रीहरु समेत रहेका छन् ।

“गुणस्तरीय शिक्षाका लागि सधैं प्रतिबद्ध छौं” होमनाथ घिमिरे (प्रिन्सिपल)

होमनाथ घिमिरे (प्रिन्सिपल)

वर्तमान युगले मागेको प्रविधिमा आधारीत, विद्यार्थीको बाल मनोविज्ञानको अध्ययन गरी, भयरहित वातावरणमा अध्ययन अध्यापन गराई, गुणस्तरीय तथा व्यवहारिक राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा समेत विक्न सक्ने खालको दक्ष जनशक्ति उत्पादन गरी देश विकासलाई सहयोग पु¥याउने उद्देश्यका साथ अगाडी बढेको यस विद्यालयमा आफ्ना नानीहरुलाई पढाई आफु र आफ्नो बच्चाको भविष्य उज्वल बनाउन सम्पूर्ण अभिभावक तथा नगरवासीलाई अनुरोध गर्न चाहन्छु । हामी गुणस्तरीय शिक्षाका लागि सधैं प्रतिबद्ध भएको व्यहोरा अवगत गराउँदछु ।

विद्यालयका विशेषताहरुः
१. प्रविधिमैत्री शिक्षाः यस विद्यालयले नविनतम प्रविधिको प्रयोग गरी शिक्षा प्रदान गर्दै आएको छ । विश्वमा प्रतिपादित नविनतम विधिको प्रयोग गर्दै प्रविधिमा जोड दिई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको दक्ष जनशक्ति उत्पादनमा जोड दिने गरेको छ ।
२. अतिरिक्त कृयाकलापः यस विद्यालयले अतिरिक्त कृयाकलापमा विशेष जोड दिएको छ । वार्षिक क्लोण्डर नै तयार गरी हप्तै पिच्छे विभिन्न अतिरिक्त क्रियाकलापहरु जस्तै, हाजिीरी जवाफ, नृत्य, गायन, हिज्जे, वक्तृत्वकला प्रतियोगिताहरु गर्ने गरेको छ । त्यस्तै, विभिन्न खेलकुदहरु जस्तै, भलिबल, फुटबल, टेवल टेनिसलगायतका प्रतियोगिताहरु गराई विद्यार्थीहरुको अन्तरनिहीत प्रतिभालाई प्रष्फुटन गराउँदै आएको छ । जसको परिणाम स्वरुप यहाँका विद्यार्थीहरुले जिल्लास्तरीय, नगरस्तरीय र अन्तरविद्यालय स्तरीय विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै पुरस्कार तथा प्रसंसा पत्रहरु समेत प्राप्त गरिरहेका छन् ।
३. मूल्याङ्कन प्रणालीः यस विद्यालयले मूल्याङ्कन प्रणालीलाई समेत प्रभावकारी रुपमा अगाडि बढाएको छ । जसका लागि साप्ताहिक टेस्ट, मासिक टेस्ट, त्रैमासिक, अर्धवार्षिक तथा विभिन्न प्रयोगात्मक परीक्षा र निरन्तर मूल्याङ्कन पद्धतीलाई समेत अवलम्बन गरी विद्यार्थीहरुको सिकाईलाई मापन गर्दै आएको छ । अझ रोचक पक्ष त परीक्षामा विद्यार्थीहरुले लेखेका उत्तर पुस्तिका परीक्षण गरिसकेपछि उनीहरुलाई नै फिर्ता गरी सहि तथा भरपर्दो मूल्याङ्कनलाई अगाडि बढाइएको छ ।
४. बालमैत्री शिक्षण विधिः यस विद्यालयले विद्यार्थीहरुको मनोवैज्ञानिक पक्षको पहिचान गरी उनीहरुको रुची तथा भयरहित वातावरण बनाएर शिक्षण सिकाई क्रियाकलाप गर्दै आएको छ ।
५. कक्षा शिक्षण विधिः शिक्षण शिकाईलाई प्रभावकारी बनाउनका लागि विशेषगरी प्रि–प्राइमरीका कक्षाहरुमा मन्टेश्वरी विधिबाट पढाइने परिपाटीको विकास गरिएको छ ।
६. शैक्षिक भ्रमणको व्यवस्थाः विभिन्न स्थान, वातावरण, ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय क्षेत्र आदिको बारे जानकारी गराउने उद्देश्यले नियमित रुपमा शैक्षिक भ्रमणको व्यवस्था गरिएको छ ।
७. मोटिभेसनल कक्षाः विद्यार्थीहरुलाई उत्प्रेरणा जगाउन, अनुसाशित, मर्यादित तथा नैतिकवान बनाउने, उद्देश्यले समय समयमा विज्ञहरु बोलाएर मोटिभेसनल कक्षाहरु सञ्चालन गर्ने गरिएको छ ।
८. शिक्षक तालिमको व्यवस्था ः नयाँ शिक्षण विधि, नविनतम प्रविधि आदिको जनकारी गराउने उद्देश्यले समय समयमा शिक्षक तालिमको व्यवस्था समेत गरिएको छ ।
आगामी योजनाहरुः
१. कम्प्युटर तथा प्रविधिको विषयमा विशेष जोड ः विश्वको नयाँ विषयवस्तुको ज्ञान लिने दिने उद्देश्यले कम्प्युटर तथा प्रविधिलाई अधिकतम प्रयोग गर्नेगरी त्यही अनुसारका कक्षा कोठाको व्यवस्थापन गर्ने कार्यमा विद्यालय लागेको छ ।
२. विद्यालयको व्यवस्थापनः विभिन्न प्रकारका गोष्ठी, छलफल, अन्तरकृया आदान प्रदान, अतिरिक्त कृयाकलाप, मोटिभेसनल कक्षाहरु, सञ्चालन गर्नेगरी हललाई थप व्यवस्थित तथा प्रविधियुक्त बनाइने ।
३. भौतिकस्तर उन्नतीः भविष्यमा उच्च माध्यमिक तहको कक्षा सञ्चालनमा ल्याउने वातावरण बनाउँदै जाने र त्यसका लागि भौतिक तथा अन्य आवश्यक पूर्वाधारहरुको निर्माणलाई निरन्तरता दिइने ।

मा प्रकाशित

1 thought on “दक्ष जनशक्ति उत्पादन गर्दै प्याराडाइज इंग्लिस बोर्डिङ स्कुल

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes