पाँचथरका २२ वार्ड बाढीपहिरोको उच्च जोखिममा रहेको निष्कर्ष - Pahilo Online

पाँचथरका २२ वार्ड बाढीपहिरोको उच्च जोखिममा रहेको निष्कर्ष

writer

ज्ञानु घिमिरे । पाँचथर । पाँचथरका २२ वटा वडाहरु बाढीपहिरोको जोखिममा रहेको पहिचान गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले ति जिल्लाहरुलाई लक्षित गरेर पूर्वतयारी गर्नुपर्ने निष्कर्र्ष निकालेको छ । जिल्ला विपद् व्यवस्थापन समिति र नेपाल रेर्डक्रस सोसाइटी पाँचथरले तयार परेको तथ्यांकमा जिल्लाका ६० मध्ये २२ वटा वार्ड जोखिममा रहेको निक्र्यौल गरेको हो ।

फालेलुङ गाउँपालिकाको वडा नम्बर १ को खुगा, वडा नम्बर २ को एक्तिन, वडा नम्बर ३ को मेमेङ, वडा नम्बर ७ र ८ को औसी भञ्ज्याङ् छन् । हिलिहाङ गाउँपालिकाको १ फेदेपा र वडा नम्बर ६ को तेनुपा याङवहरक गाउँपालिकामा वडा नम्बर १ को च्याङ्थापु, वडा नम्बर २ को फलौचा, वडा नम्बर ३ मा पनि जोखिममा रहेको बताइएको छ ।

यता मिक्लाजुङ गाउपालिकाको वडा नम्बर को १ साराङडाडा र ७ नम्बर दुर्दिम्बा जोखिममा छ । त्यस्तै फागुनन्द गाउँपालिकाको वडा नम्बर २ इम्बुङ, वडा नम्बर ३ पौवा सार्ताप, वडा नम्बर ६ को आङ्सारांङ पनि जोखिममा रहेका छन् ।

फिदिम नगरपालिकामा वडा नम्बर १३, वडा नम्बर १४ लुङ्रुप्पा, वडा नम्बर ८ रानीटार , वडा नम्बर ५ चोकमागु , वडा नम्बर १० याङ्नाम र वडा नम्बर ११ नाङ्गिन जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी पाँचथरका संयोजक गुरुराज तिम्सिनाले बताए ।

तिम्सिनाका अनुसार जिल्लाको कुम्मायक गाउँपालिका र तुम्वेवा गाउँपालिकामा भने बढी पहिरो जाने सम्भावना ज्यादै न्यून रहेको बताइएको छ । यी दुई गाउँपालिकामा सुख्खा क्षेत्र रहेकाले आगलागीका घटना भने हुने गरेको छ ।

जोखिम क्षेत्रको रुपमा पहिचान गरिएका यी वार्डहरुमा विगत समयमा विभिन्न स्थानमा बढी र पहिरो गएका थिए । जमिनको भु–धरातलको अध्यान गरि जोखिम आकलन गरिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले जानकारी दिए ।

ढकालका अनुसार जिल्लामा प्रकृतिक बिपत्ति समाधानका लागि क्षेत्रगत रुपमा कार्य विभाजन गरिएको छ । जसमा घटना हुनसाथ सुरक्षाकर्मीले तत्काल उद्दार गर्ने , नेपाल रेडक्रसले रगत बैंकको जोहो गर्ने, आपतकालीन राहत वितरण गर्ने, उद्योग वाणिज्य सघले खाद्यान्नको जोहो गर्ने, बाटो अबरुद्ध भएमा सम्बन्धित सडक कार्यलयले अबरोध हटाउने, जिल्ला प्रशासन र स्थानीय तहले पुनः स्थापना र पुनः निर्माणको काम गर्ने गरी एकीकृत कार्ययोजना अगाडि बढाएको प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले जानकारी दिए ।

जोखिमका विषयमा विपद् व्यवस्थापन समितिले प्रत्येक स्थानीय तहलाई घटना लगतै जानकारी दिन भनिएको छ भने कुनै प्राकृतिक घटना भए तत्काल जनाकारी गराउन पनि दिर्देशन भइसकेको छ । ढकाल भन्छ्न ‘पाँचथरमा प्रकृतिक विपत्ति आएमा आतिने अवस्था छैन तत्काल खबर गर्नुहोस् हामीले सम्भावित विपत्तका लागि गुरुयोजना बनाएर अगाडि बढेका छौं ।’ उनी भन्छन् ‘बाढि पहिरो , आगलागी , हिमपातबाट हामीले जिल्लाबासीको सुरक्षालाई गम्भीरताका साथ लिएका छौं र सोही अनुसार अभियान सञ्चालन गरेका छौं ।’

पाँचथरमा पहिरोको अत्याधिक जोखिममा देखिएको मेची राजमार्गमा पर्ने फागुनन्द गाउँपालिकाको १ स्थित गुम्बा डाडा नजिकैको पाङ्ग्रेभीर हो । यहाँ गत दुई वर्ष अगाडिदेखि हरेक वर्ष पहिरो गएर मेची राजमार्ग अबरुद्ध हुने गरेको छ । बाँध बाधेर पहिरो रोक्ने प्रयास गरिएपनि वर्षाको समयमा माथिबाट पहिरो झरिरहने समस्याका कारण यो भिर जोखिममा रहेको स्थानीय भीम तामाङ बताउछ्न् । (हाम्रो मत)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes