प्रदेश सरकारद्धारा कोरोना रोकथामअभियान शुरु - Pahilo Online

प्रदेश सरकारद्धारा कोरोना रोकथामअभियान शुरु

writer

विराटनगर । प्रदेश १ सरकारले आजदेखि प्रदेशभर कोभिड १९ को रोकथामतथा नियन्त्रणका लागिजनचेतनामुलकअभियानको शुरुवात गरेको छ । विराटनगर वसपार्कबाट अभियानको शुरुवातगरिएको हो । कोरोनाको दोश्रो लहर शुरु भएसँगै संक्रमितको संख्या बढ्दै गएपनि स्वास्थ्य मापदण्ड पालना नभएपछि मन्त्रालयले सांकेतिक रुपमाअभियानको शुरुवात गरेको जनाएको छ ।

सामाजिकविकास मन्त्रालयको अगुवाईमा, स्काउट लगायतका सामाजिक संघ संस्थाको सहकार्यमाअभियानको शुरुवातगरिएको हो । अभियानशुभारम्भ गर्दै सामाजिकविकास मन्त्रीउषाकला राईले कोरोनाबाट बच्नकालागि स्वास्थ्य मापदण्ड, सामाजिक दुरी कायमगर्न आवस्यक रहेकोमाजोड दिए । उनले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनिवार्य पालनागर्न आग्रह गरे । सवैको सहयोगले मात्र कोरोना नियन्त्रण संभव रहेको उनले बताए । मन्त्री राईले सामाजिक चेतनाकालागि कोरोना नियन्त्रणको अभियानथालिएको बताए । अभियानको शुरुवात गर्दै मन्त्री राईले विनामास्क हिड्नेहरुलाई मास्क प्रदान गरेका थिए ।

कार्यक्रममाप्रमुखजिल्लाअधिकारी कोशहरि निरौला, सामाजिकविकास मन्त्रालयका सचिवगोविन्दबहादुर कार्की, इन्सेककाप्रदेश १ प्रमुखसोमराजथापा, स्काउट प्रदेश १ का संयोजक रविखनाल, स्वास्थ्यकर्मी, ट्राफिक प्रहरी, स्काउटर लगायतको सहभागिता रहेको थियो । सामाजिकविकास मन्त्रालयले मोरंग बाहेककाजिल्लाहरुमापनि सांकेतिक रुपमाअभियान सञ्चालनगरिने जनाएको छ ।जनचेतनामुलकअभियान शुरुगर्नु पुर्व सामाजिकविकास मन्त्री राईले आज सामाजिकविकास मन्त्रालयमा सरोकारवालासँग छलफल गर्नु भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes