लकडाउनको सदुपयोग गर्दै गायत्री मूर्तिकलामा व्यस्त - Pahilo Online

लकडाउनको सदुपयोग गर्दै गायत्री मूर्तिकलामा व्यस्त

writer

सरोज निरौला । पथरी । विश्व यतिबेला कारोना संक्रमणसँग जुधी रहेको छ । चीनबाट फैलिएको सङ्क्रमणले विश्वलाई नै आतंकित बनाइरहेको छ । यसमा नेपाल पनि अछुतो रहेन । नेपालमा पनि सङ्क्रमित हुने र मृत्यु हुनेको अनुपात बढ्दो क्रममा छ । कोरोना सङ्क्रमण फैलिने क्रममा सरकारले शुरुमा बन्दाबन्दी घोषणा ग¥यो ।

कोरोनाले विश्व आतङ्कित बनाइरहेका बेला सरकारले बन्दाबन्दी निर्विकल्प ठान्यो र बन्दाबन्दी ग¥यो । बन्दाबन्दी लागेपछि मानिस घरको घरमै रहे । बन्दाबन्दीले कोरोना सङक्रण न्यूनीकरण त ग¥यो तर अन्य समस्या बढे । मानसिक पीडादेखि शारीरिक पीडा समेत बन्दाबन्दीका समयमा मानिसले भोगे ।

समग्रमा अधिकांशलाई बन्दाबन्दी ‘भारी’नै बन्यो ।तर, केहीका लागि भने बन्दाबन्दी अवसर बनेर पनि आयो । यसैमध्येका एक हुन् मोरङको मिक्लाजुङ गाउँपालिका– ५ ठूलो साम्लिङका गायत्री कुलुङ । २४ बर्षे गायत्रीले बन्दाबन्दीकै समयलाई माटो र ढुंगालाई आकृति दिँदै मूर्ति बनाउनमा खर्चिए । सानै उमेरदेखिनै मूर्तिमा सौखिन गायत्रीलाई मूर्ति बनाउन चाहिँ बन्दाबन्दीले नै सिकायो ।

गाँउमा घर लिपपोतमा प्रयोग हुने कमेरो (माटो) लिन जाँदा आफूले बनाएको आकृति र त्यही आकृतिबाट शुरु भएको हो गायत्रीको मूर्तिकार बन्ने सपना । सामान्य परिवारमा जन्मिएका कुलुङले उच्च शिक्षा त आर्जन गर्न सकेनन् तर एक मुर्तिकार बन्ने सपना भने पुरा गरे । उनले सोहि गाँउमा जि के मुर्तिकला केन्द्र नाम दर्ता गरेर काम गरीरहेका छन् । उनी ढुंगा, सिमेन्ट, माटो बाट मुर्ति बनाउन अब्बल त छदै छन् शिलालेख र अभिनयमा पनि उत्तिकै सिपालु छन् उनले यो सिप संगसगै आफ्नै युटुब च्यानलबाट लघु चलचित्रमा अभिनय पनि गरिसकेका छन् ।

३ बर्ष सम्म कसैको सहयोग बिना आफै सिकेका उनले हाल सम्म २ सय भन्दा बढि मुर्ति बानाई सकेका छन् । उनी भन्छन ‘‘बाहिर कुनै काममा जानु नपरेपछि मैले मुर्ति निर्माण गर्न समय पाए मेरोलागी लकडाउन एउटा अवसर भएको छ।’’ यहि कलालाई भविश्य बनाउने सोचमा रहेका कुलुङले आफु अझैपनि सिकाईको क्रममा रहेको र मुर्ति विक्रिको लागी खासै बजार नभेटेकाले घरखर्च चलाउन सामान्य काम गर्न बाहिर निस्कने बताए ।

कुलुङले जुनसुकै क्षेत्रमा आवश्यक पर्ने आकृती ढुुंगामा कुँदेका छन् । एउटा मुर्ति बनाउन कति समय लाग्छ भन्ने प्रश्नमा उनले एक मुर्ति बनाउन कम्तिमा पनि ३ महिना लाग्ने तर सिमेन्टको मुर्ति निर्माण गर्न ढुंगालाई जस्तो समय नलाग्ने बताए । उनले एउटा ढुंगाको मुर्ति ३ लाख र सिमेन्टको मुर्ति १ लाख ५० हजार र साना मुर्ति २० देखि ५० हजार सम्ममा बेचेको पनि बताए ।

गाँउघरमा पाईने हाते औजार र केहि आधुनिक औजार प्रयोग गरेर उनि मुर्ति निर्माण गर्दै आईरहेका छन् । उनले निर्माण गरेको किराँती धर्मगुरु यलम्मबरको मुर्ति प्रयोग गरी ठुलो साम्लिङमा एउटा चोकनै निर्माण गरिएको छ । श्रीमती एक छोराको साथमा रहँदै आएका कुलुङलाई पारीवारको पनि राम्रो साथ रहेको छ । उनले अहिलेसम्म गाँउपालिकासँग सहयोग नमागेको र आवश्यक परे सहयोगको अपेक्षा राख्ने उनले बताए । यसरी आफ्नो कलालाई आफ्नै क्षेत्रमा प्रयोग गर्न चाहने युवाहरुको लागी स्थानिय तहले संरक्षण गर्नसके बिदेशीनु पर्ने बाध्यता हट्ने थियो कि ?

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes