झापाको मेची अस्पतालमा कोरोना परीक्षण सुरु, एक पटकमा ९० स्वाब परीक्षण गर्न सकिने - Pahilo Online

झापाको मेची अस्पतालमा कोरोना परीक्षण सुरु, एक पटकमा ९० स्वाब परीक्षण गर्न सकिने

writer

भद्रपुर । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को पिसीआर परीक्षण सुरु भएको छ। समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखा पर्न थालेपछि सङ्घीय तथा प्रदेश सरकारको सहयोगमा मेची प्रादेशिक अस्पतालमा पिसीआर परीक्षण सुरु गरिएको हो। अस्पतालको पुरानै भवनको माथिल्लो तलामा स्थापना गरिएको पिसिआर ल्याबको बुधबार एक कार्यक्रमबीच सङ्घीय सांसद तथा अन्तर्राष्ट्रिय समन्वय समितिका सभापति पवित्रा निरौला (खरेल) र प्रदेश १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले संयुक्त रुपमा बुधबार उद्घाटन गरेका हुन्।

स्विस सरकारले उपलब्ध गराएको अत्याधुनिक पिसीआर मेसिन प्रदेश नम्बर १ सरकारले मेचीलाई हस्तान्तरण गरेको थिए। ढिलै भए पनि सरकारले झापासहित इलाम, पाँचथर र ताप्लेजुङवासीको सेवा सुविधालाई मध्यनजर गरी झापा जिल्लामै कोरोनाको परीक्षणका लागि सहज वातावरण बनाइदिएकोमा उद्घाटन कार्यक्रममा सहभागीहरूले खुसी व्यक्त गरेका छन्। कोरोना भाइरसको महामारी देशभर फैलिरहेको अवस्थामा आम मानिसले पनि पिसिआर परीक्षण गर्नुपर्ने आवश्यकता रहेकोमा मेची प्रादेशिक अस्पतालमै सबैको सहयोगमा पिसीआर ल्याब स्थापना भएको सङ्घीय सांसद तथा अन्तर्राष्ट्रिय समन्वय समितिका सभापति पवित्रा निरौला (खरेल) ले बताइन्।

‘छिमेकी राष्ट्र भारतबाट फर्किएका व्यक्तिहरूमा बढी कोरोना भाइरसको संक्रमण देखा परेको छ,’ उनले भनिन्, ‘झापा भारतसँग जोडिएको जिल्लामा पर्छ, यहाँ स्वाब सङ्कलन गरिएकाहरूको पिसीआर परीक्षण गर्न विराटनगर र धरान पठाउनु पर्ने बाध्यता थियो, अब त्यो समस्या पनि आजदेखि अन्त्य भएको छ, यो हामी झापावासीका लागि खुसीको कुरा हो।’ चार दिनअघि जडान गरिएको पिसीआर ल्याबमा नमुना परीक्षणको काम सकिसकेपछि ल्याब सञ्चालनमा आएको हो। जिल्लामै कोरोना पुष्टि भएका व्यक्तिलाई अस्पतालकै आइसोलेसन वार्डमा उपचाररत रहेको र त्यही मध्येबाट पाँच जनाको स्वाब पुनः परीक्षण गरी ल्याबबाट सेवा सुचारु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पीताम्बर ठाकुरले बताए।

एक पटकमा ९० वटासम्मको स्वाब उनका अनुसार अस्पतालको पिसिआर ल्याबमा गरिने कोरोना परीक्षणको रिपोर्ट सही हो वा होइन भनेर क्रस चेक जाँचका लागि एक÷दुई दिन विराटनगर ल्याबमा पठाइनेछ। रिपोर्ट एउटै आएको प्रमाणित भएपछि जिल्लामा सङ्कलित स्वाब पिसिआर परीक्षणका लागि यसै अस्पतालमा गरिने उनले बताए। मेचीमा जडान गरिएको पिसीआर मेसिन अत्याधुनिक खालको भएको र यसले एक पटकमा ९० वटासम्मको स्वाब परीक्षण गर्न सकिने छ। यसका लागि तालिम प्राप्त तीन जना ल्याब टेक्निसियन खटाइएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes